अक्सिजन अभाव अन्त्य गर्न अब यसरी काम गरौँ

काठमाडौं । सरकारले अस्पतालहरूलाई अक्सिजनको कोटा लागू गरेपछि कोरोनाभाइरसका संक्रमित बिरामीहरू समस्यामा परेका छन् ।

सरकारले गलत नीतिका कारण अक्सिजन नपाएर बिरामीहरूले ज्यान गुमाउनुपरेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढेर गएको छ ।

एकजना चिकित्सकले भने, ‘सरकारले अक्सिजनको कोटा लागू गरेर समस्या भयो । अक्सिजन वितरणमा सहि मापदण्ड बनाउन नसक्दा समस्या भयो । आवश्यक परेको अस्पतालमा अक्सिजन दिने व्यवस्था गरौँ । कुनै अस्पतालमा अलिक थोरे आवश्यक हुन सक्छ । कुनैमा अलिक धेरै त्यसको व्यवस्थापन गरौँ ।’

सरकारले काठमाडौं उपत्यकासहित सबै जिल्लाहरूमा अक्सिजन व्यवस्थापनका लागि कमिटी बनाएर आवस्यक पर्ने अस्पतालमा पुर्‍याउनुपर्ने चिकित्सकहरूको सुझाव छ ।

‘काठमाडौं उपत्यकामा एक ठाउँमा अक्सिजन वितरणको लागि स्टेरिङ कमिटी बनाउने’, ती चिकित्सकले भने, ‘अक्सिजन माग हुने अस्पतालमा तत्काल आधा घण्टाभित्र पु¥याउने । जिल्लाहरूमा पनि त्यही विधि अनाउन सकिन्छ ।’

कोटा प्रणालीले अस्पताहरूमा कोरोनाका बिरामीहरूले समस्या भोगेको गुनासाहरू रहेका छन् ।

कोरोनाभाइरसको नयाँ भेरियन्टले बिरामीहरूमा स्वासप्रश्वासमा समस्या भएपछि अक्सिजनको माग बढ्दै गएको छ । सरकारले अक्सिजन र स्वास्थ्य सामग्री तथा औषधिहरू उपब्ध गराउन सकिरहेको छैन ।

Published : Wednesday, 2021 May 12, 2:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया