काठमाडौं आइपुग्यो ३२ हजार भाइल रेम्डिसिभर, सरकारी अस्पतालमा निःशुल्क पाइने

काठमाडौं । कोरोनाभाइरसका गम्भीर संक्रमितलाई प्रयोग गर्दा उपयोगी मानिएको ३२ हजार भाइल रेम्डिसिभर काठमाडौं आइपुगेको छ ।

बंगलादेशबाट मंगलबार राति करीव ७ बजे रेम्डिसिभर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको औषधि आयातकर्ता पवन आचार्यले बताएका छन् ।

हिमालय एयरलाइन्सको विमानले रेम्डिसिभर औषधि ल्याएको हो ।

३२ हजार भाइलमध्ये सरकारले १० हजार र निजी सप्लार्यसले २२ हजार भाइल ल्याउन ल्याएका छन् ।

रेम्डिसिभर औषधि सरकारी अस्पतालमा वितरण गरिनेछ । सरकारी अस्पतालहरूमा रेम्डिसिभर औषधि निःशुल्क वितरण गरिनेछ ।

सप्लार्यसले ल्याएको रेम्डिसिभर औषधिको मूल्य करीव ५ हजार तोकिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

निजी क्षेत्रको आयान हेल्थ केयर प्रालि कुपण्डोलले २२ हजार भाइल रेम्डिसिभर औषधि ल्याएको छ । आयानले दुई वटा कम्पनी इन्सेफ्टा र वेकनले बंगलादेशबाट सो औषधि ल्याएको छ ।

रेम्डिसिभर औषधि नेपाली बजारमा नपाइएपछि कालोबजारी गर्नेहरूले २० हजारदेखि १ लाखसम्म रुपियाँ लिएर विक्री गरेको गुनासाहरू आएका थिए ।

सरकारले कालोबजार नहोस् भनेर आफै रेम्डिसिभर ल्याएको छ । निजी क्षेत्रलाई पनि रेम्डिसिभर आयात गर्न अनुमति दिएको छ ।

रेम्डिसिभर लिनका लागि कोरोनाका संक्रमित भर्ना भएको सम्बन्धित अस्पतालको सिफारिस चाहिनेछ ।

Published : Tuesday, 2021 May 11, 8:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया