नेविसंघले ओलीका मान्छेहरूलाई झुकाएपछि कम्युनिस्टको मनोबल ध्वस्त
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को दवावपछि त्रिभुवन विश्वविद्यालयले जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्न तयार भएको छ ।
नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै स्ववियु निर्वाचन गर्ने गरी त्रिवि र विद्यार्थीबीच सहमति भएको छ ।
निर्वाचनका विषयमा छलफल गर्न त्रिविले स्ववियु निर्वाचन गर्नका लागि चैत २५ गते सर्वपक्षीय बैठक गर्नेछ ।
त्रिवि र नेविसंघ विश्वविद्यालयबीच विगतमा भएका २३ बुँदे सम्झौतामध्ये कार्यान्वयन हुन बाँकी बुँदा यथाशीघ्र कार्यान्वयन गर्ने, कोभिड–१९ का कारण ढिलो सञ्चालित परीक्षाको नतिजा यथाशीघ्र प्रकाशन गर्ने, त्रिविको शैक्षिक पात्रोलाई अनुसरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिने सहमति भएको नेविसंघले जनाएको छ ।
त्रिवि समाजशास्त्र केन्द्रीय विभागको समस्या समाधान गर्ने सन्दर्भमा आवश्यक छलफल एवम् परामर्श गरी दुई महिनाभित्र रायसुझाव पेश गर्न तीन सदस्यीय समिति गठन गर्ने सहमति भएको छ ।
सहमतिपत्रमा त्रिविका तर्फबाट शिक्षाध्यक्ष प्रा.डा.शिवलाल भुसाल र नेविसंघ विश्वविद्यालय समितिका तर्फबाट अध्यक्ष डा श्यामकृष्ण अधिकारीले हस्ताक्षर गरेका छन् ।
अनशनरत विद्यार्थीलाई शिक्षाध्यक्ष प्रा.डा.भुसालले जुस खुवाएर अनशन तोडाएका थिए ।
प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार सत्तामा लागेर आरोप प्रयारोप लागेका बेला नेविसंघले दवाव दिएर स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन सफल भएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया