कम्युनिस्टले पुलिसकै अगाडि कांग्रेसमाथि औकात देखाए, गम्भीर परिणाम भोग्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेसले रुकुम पश्चिममा भएको हिंसात्मक घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कार्यकर्ताले कांग्रेसका नेता कार्यकर्तामाथि सांघातिक आक्रण गरेको भन्दै घटनाको भर्त्सना गरेका हुन् ।

‘रुकुम पश्चिम, आठबीसकोट नगरपालिका वडा नं. ९ का वडाध्यक्ष तारकबहादुर शाहीसहित ५ जनालाई हिजो इलाका प्रहरी कार्यालयमा छलफल भइरहेको बेला नेकपा निकट वडा नं. ८ का वडाध्यक्ष मानबहादुर चदारा, वडा नं. ३ का वडाध्यक्ष केशरमान विकसहितको समूहले सुरक्षाकर्मीको अगाडि नै चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले भनेको छ, ‘घटनामा वडाध्यक्ष शाही, तेजबिक्रम आरसी र दीपक केसी गम्भीर घाइते हुनु भएकोले उहाँहरूको नेपालगञ्जमा र दुई जनाको आठबीसकोट नगर अस्पतालमा उपचार भैरहेको छ ।’

‘नेपाली कांग्रेस यस घटनाको घोर निन्दा र भर्त्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘घटनामा संलग्न आक्रमणकारीहरूलाई तत्काल कडा भन्दा कडा कारवाही गर्न तथा घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग जोडदार माग गर्दछ ।’

‘भविष्यमा यस्ता घटनाहरू पुनः नदोहो¥याउन नेपाल कम्युनिष्ट पार्टीलाई नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन समेत आग्रह गर्दछ’, कांग्रेसले भनेको छ ।

कम्युनिस्टहरू सत्ताको आडमा जथाभावी गर्न थालेपछि कांग्रेसले शान्ति सुरक्षामा चिन्त जनाउन थालेको छ ।

कांग्रेसले कम्युनिस्टहरूमा सुधार नभए गम्भीर परिणा भोग्नुपर्ने चेतावनी दिएको छ । दोषीलाई कारबाही गर्न कांग्रेसले प्रहरीलाई आग्रह गर्दै भविष्यमा यस्ता घटनाको हिसाब किताब लिने चेतावनी दिएको छ ।

Published : Wednesday, 2021 January 20, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया