उत्पात मच्चाएपछि खाने त पुलिसको लठ्ठीनै हो ‘कमरेड प्रचण्ड’

काठमाडौं । व्यक्तिगत स्वार्थ प्रतिनिधि सभा विघटन गरेर पार्टी विभाजन गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले आफूलाई आक्रामक बनाउन थालेका छन् ।

१२ वर्षे कथित जनयुद्धमा १७ हजार मान्छेको हत्या गरेका प्रचण्डले आइतबार दिएको सार्वजनिक अभिव्यक्ति धेरैलाई पचेको छैन । प्रचण्डले आन्दोलन शाकाहारी भयो भनेर भनेका छन् । शान्तिपूर्ण आन्दोलनलाई उनले हिंसात्मक बनाउने संकेत गरेका छन् ।

ओलीसँगको झगडाका कारण चिसो भुइँमा बस्न पुगेका प्रचण्ड र माधवकुमार नेपालहरूको आन्दोलन तुहिने अवस्था आउन थालेपछि हिंसाको सहारा लिन खोजेको आभास दिएका छन् ।

प्रचण्डले युवा र विद्यार्थीलाई उत्तेजित बनाएका छन् । उनले आन्दोलनलाई सशक्त बनाउन भनेर निर्देशन दिएका छन् । त्यति मात्रै होइन प्रचण्डले आन्दोलनमा लाठी खान मन छ भनेर युवा विद्यार्थीलाई आन्दोलन हिंसात्मक बनाउन उत्तेजित बनाएका छन् ।

प्रचण्डको यो अभिव्यक्तिलाई कानूनी राजमा सहज मान्न सकिँदैन । पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले दिएको यो अभिव्यक्तिले मुलुकलाई फेरि द्वन्द्वतिर लैजान खोजेको संकेत मिलेको केपी ओली निकटका नेकपाकै नेताहरू बताएका छन् ।

प्रचण्डको यो अभिव्यक्तिपछि नेकपाको आन्दोलनले हिंसा भड्कायो भने त्यसको जिम्मेवारी कसले लिन्छ ? प्रचण्ड, माधव नेपाल झलनाथ खनाल, नारायणकाजी श्रेष्ठहरूले लिनुपर्छ । होइन भने शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई छ । युवा र विद्यार्थीलाई उत्तेजित बनाउने काम कसैले गर्नु हुँदैन ।

व्यक्तिगत स्वार्थ मिल्न नसकेपछि केपी ओली, प्रचण्ड र माधवकुमार नेपालले नेकपा फुटाएका हुन् । पार्टी कानूनी रुपमा विभाजन भएको छैन । सडकबाट एकले अर्कालाई आरोप लगाउँदै आएका छन् । यस्तो कार्यले मुलुक झन् समस्यामा पर्नेछ ।

आन्दोलन हिंसात्मक बनाउने कार्यकर्तालाई उत्तेजित बनाउने प्रचण्डले खाने लाठीनै हो भने सामाजिक सञ्जालमा चर्चा शुरु भएको छ ।

Published : Monday, 2021 January 18, 11:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया