ओलीविरुद्धको विरोध प्रदर्शन पार्टीकै नेता र कार्यकर्ताहरूद्वारा बहिस्कार

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल –जसपा)का अध्यक्ष उपेन्द्र यादवका कारण पार्टीभित्र तनाबको स्थिति भएको छ ।

जसपाले शनिबार सिरहामा प्रधानमन्त्री केपी ओलीविरुद्ध गरेको विरोध कार्यक्रममा वरीयताको विषयमा विवाद हुँदा वरिष्ठ नेता राजकिशोर यादवले बहिस्कारनै गरेका छन् ।

जसपाले शनिबार सिरहामा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । कार्यक्रममा उपेन्द्रका समर्थक नेता र कार्यकर्ताहरूले सहभागी थिए ।

मर्यादाको विषयमा विवाद भएपछि जसपाका वरिष्ठ नेता राजकिशोर यादवले कार्यक्रम बहिस्कार गरेका हुन् ।

राजकिशोरलाई वरीयतामा जुनियर नेताहरूभन्दा तल राखेपछि कर्यक्रम बहिस्कार गरेका हुन् ।

कार्यक्रमको अघिल्लो दिन राजकिशोरनिकट एक कार्यकर्ताले पार्टी अध्यक्ष उपेन्द्रलाई फोन गरी आफूहरूले शनिबारको कार्यक्रम बहिस्कार गर्ने बताएका थिए ।

अध्यक्ष उपेन्द्रले सिराहाको कार्यक्रममा रेणु यादवलाई प्रमुख अतिथि बनाएका थिए । दोस्रो स्थानमा प्रकाश अधिकारी, तेस्रोमा विजय यादव र चौथो स्थानमा मात्र राजकिशोरलाई राखेका थिए ।

उपेन्द्रको कार्यबात राजकिशोर रुष्ट बनेका छन् । आफूलाई पहिलो मर्यादामा राख्नुपर्ने अडानमा राजकिशोरको छ ।

राजकिशोरको अडानलाई पार्टीका शीर्ष नेताहरूले लत्याएपछि उनले कार्यक्रम नै बहिस्कार गरेका हुन् ।

सिराहाको कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा रेणु यादवले सम्बोधन गरेकी थिइन् । राजकिशोर सिराहाको कार्यक्रममा सहभागी नभएको उनले प्रष्ट पारिन् ।

राजकिशोरनिकट पार्टीका कार्यकर्ता पनि जसपाको कार्यक्रममा उपस्थित भएका छैनन् ।

पार्टीले प्रदेश तथा जिल्ला समितिलाई जारी गरेको आन्तरिक सर्कुलरमा राजकिशोरलाई चौथो मर्यादामा राखिएको थियो ।

राजकिशोरलाई चौथो मर्यादामा राखिएकोमा राजकिशोर निकट राजाराम यादव र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भएको चर्काचर्कीको अडियो रेकर्ड अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

Published : Sunday, 2021 January 17, 10:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया