कम्युनिस्ट मिलाउन खोज्ने वामदेवको प्रस्तावले बालुवाटारमा ‘तोरिको फूल’ देख्यो

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले वामदेव गौतमद्वारा पार्टी एकताका लागि उठाएको प्रस्थान विन्दु नै पूर्वाग्रहरी रहेको भन्दै त्यो प्रस्तावको औचित्य नरहेको बताएका छन् ।

नेकपाका नेता समेत रहेका थापाले प्रधानमन्त्री केपी ओलीलाई साथ दिएर निर्वाचनमा होमिन गौतमलाई सुझाव दिएका छन् । उनले गौतम कसको उक्साहटमा संसद विघटनलाई असंवैधानिक भनेको हो ? भनेर प्रश्न उठाएका छन् ।

‘पार्टीका नेता कार्यकर्ता प्रधानमन्त्री ओलीसँगै निर्वाचनका लागि सँगै हिँडेका छन्’, नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सल्लाहकार थापाले भने, ‘उहाँलाई कसले खेलाएके छ ? कसको उक्साहटमा लाग्नुभयो ?’

‘निर्वाचनबाट बाहिर रहेर, संसद विघटनको विरोध गरेर गौतमजीले कस्तो एकता गर्नु हुने हो ?’, प्रश्न गर्दै थापाले भने, ‘उहाँको एकतामा को सामेल हुने हो ? वुद्धि हुने हो भने ओलीलाई साथ दिएर जानुनै राम्रो छ ।’

‘वामदेवका कुरा म्याद सक्किएको औषधि हो । उहाँले उठाएका कुरा गलत छन्’, उनले भने, ‘संसद विघटन संविधान विपरित भनेर उठाएका कुरा एकता विरोध छ ।’

नेकपाका नेता गौतमले विभाजन भएका दुबै पार्टीलाई मिलाउन र मिल्न शनिबार अपील गरेका थिए । उनले एकताका दवाव सिर्जना गर्ने जनाएका थिए । तर, बालुवाटारले गौतमको पार्टी एकताका लागि अगाडि सारेको कुराहरू ओलीको कदमविरुद्ध रहेको भन्दै अस्वीकार गरिदिएको छ ।

Published : Sunday, 2021 January 10, 9:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया