कालीकोटमा नेकपा-राप्रपाका कार्यकर्ता कांग्रेसमा प्रवेश, सभापति बमद्वारा स्वागत

मान्मा । कालीकोट जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहित विभिन्न राजनीतिक दल परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

त्रिवेणी, पलाँत, धौलागोह, खिन, थिर्पु, पचाँलझरनालगायतका स्थानमा नेकपा छाडेर १७५ जनाभन्दा धेरै स्थानीय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेस कालीकोटका सभापति हर्षबहादुर बमसहितका नेताहरूले नवप्रवेशीहरूलाई पार्टीमा प्रवेश गराएका थिए ।

सभापति हर्षबहादुर बमले कांग्रेसले नवप्रवेशीहरूलाई उचित सम्मान दिइने आश्वासन दिएका छन् । उनले क्षमताका आधारमा सबैलाई पार्टीमा काम दिइने बताए ।

क्षेत्र नं. ‘ख’का सभापति दमनबहादुर शाहीले कम्युनिस्टहरू जनताका काम गर्नेभन्दा पनि आफ्नो व्यक्तिगत लाभमा लागेको आरोप लगाए । नेपाली कांग्रेसले मात्रै जनताको आधारभूत समस्या समाधान गर्ने बताए ।

पलाँतामा मानसिंहबहादुर बम लगायत थिर्पुको पूरै राप्रपाको टिम कांग्रेसमा प्रवेश गरेको छ ।

कार्यक्रममा कालीकोट सभापति हर्षबहादुर बम, नेताहरू मुक्तिप्रसाद न्यौपाने, अम्व शाही, दमन शाही, सुशीला बम, धर्मा शाही, नवराज बम, केशरसिंह बम, धिरबहादुर बम, निलो तिरुवा, खड्गजंग शाही, सविन बिष्ट, दीर्घ शाही, धनबहादुर शाही लगायतको उपस्थिति रहेको थियो ।

कालीकोट कांग्रेसले मंसिर ८ देखि १५ गतेसम्म विभिन्न गाउँ र टोलहरूमा कार्यक्रमहरू गरेको थियो । कार्यक्रममा सर्वसाधारणहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Published : Tuesday, 2020 December 8, 12:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया