ओलीको ‘पावर’ अगाडि प्रचण्डको केही चलेन, ‘कालोनिलो’ बने पूर्वमाओवादीहरू

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले बहिस्कार गरिदिएका छन् ।

काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठक ओली अनुपस्थित भएपछि केहीबेर बसेर स्थगित भएको हो । ओली बैठकमा उपस्थित भएनन् ।

नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालोनिलो हुँदै स्थायी समितिको बैठक धारणा राखेको एक नेताले बताएका छन् । बैठकमा दाहाल तनावको अवस्थामा देखिएको जनाइएको छ ।

बैठकमा पार्टीमा देखिएको आन्तरिक समस्या समाधानका विषयमा छलफल हुने कार्यसूची रहेको थियो ।

अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफू बैठकमा उपस्थित हुन नसकेको भन्दै पत्र पठाएका थिए । पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले पढेर सुनाएका थिए ।

ओलीले पत्रमा दोस्रो वरीयताका अध्यक्ष दाहालको प्रस्तावबारे औपचारिक छलफल गर्न नसकिने उल्लेख गरेका छन् ।

दुवै अध्यक्षका प्रस्ताव सदस्यहरूलाई बैठकमा बाँडिएको एक नेताले बताएका छन् । स्थायी समिति सदस्यहरूलाई प्रस्ताव पढ्न सात दिन समय दिइएको छ । मंसिर २८ गते बस्ने स्थायी समितिको बैठकमा छलफल हुनेछ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षको प्रतिवेदनमा छलफल गर्न केन्द्रीय समितिको बैठक पुस ५ गते बस्ने बताएका छन् ।

नेकपाको केन्द्रीय समितिको बैठक मंसिर २५ गतेका लागि बोलाइएको थियो । बैठक केही पछाडि सरेको छ ।

Published : Sunday, 2020 December 6, 10:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया