जलाउन खोजेको आरोप लगाउने कम्युनिस्ट उप–मेयरको झुठको नेविसंघ झापाद्वारा पर्दाफास

दमक । नेपाल विद्यार्थी संघ (नेविसंघ) झापाका सभापति राजेन्द्र उप्रेतीले मेचीनगर नगरपालिकाकी उप–मेयर एवम् नेकपाकी नेतृ मीना पोखरेल उप्रतीको झुठको पर्दाफास गरिदिएका छन् ।

सभापति उप्रेतीले बिहीबार विज्ञप्ति जारी गरेर उप–मेयर पोखरेलले भने जस्तो गाडीमा आगो लगाएर जलाउन नखोजेको स्पष्ट पारेका छन् ।

उनले केन्द्रको निर्देशनानुसार सरकारी गाडीहरूलाई चलाउन नदिने क्रममा बिहीबार मेचीनगर नगरपालिकाकी उप–मेयर पोखरेल चढेको गाडीलाई कार्यकर्ताहरूले रोकेको स्वीकार गरेका छन् ।

यद्यपि, उप–मेयर पोखरेलले दावी गरेजस्तो सरकारी गाडी जलाउन नखोजेको सभापति उप्रेतीले जनाएका छन् ।

बुधबार तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तार गरेको विरोधमा संघको केन्द्रीय कार्यक्रमअनुसार बिहीबार देशैभरि सरकारी गाडी चल्न नदिने निर्णय भएको सभापति उप्रेतीद्वारा विज्ञप्तिमा उल्लेख छ ।

मेचीनगर नगरपालिका–१३ चारआलीस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा मे १ झ १७२ नम्बरको सरकारी गाडीमा रहेकै अवस्थामा नेविसंघको कार्यकर्ता बताउने दुई व्यक्तिले पेट्रोल छर्केर आफूलाई जलाउन खोजेको उप–मेयर पोखरेलले दाबी गर्दै आएकी छिन् ।

Published : Friday, 2020 December 4, 9:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया