कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद विश्वकर्मा डिस्चार्ज

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद मीनबहादुर विश्वकर्मा निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पूर्वमन्त्री समेत रहेका विश्वकर्मा आइतबार डिस्चार्ज भएको परिवारजनले जनाएका छन् । उनको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भएको थियो ।

कोरोनाभाइरसको संक्रमण भएपछि उनलाई अन्य रोगहरूको समस्या देखिएको थियो । उनी कोरोनले कोरोनाको संक्रमण जितेका छन् ।

एक महिनाभन्दा धेरै समय अस्पतालमा उपचारपछि नेता विश्वकर्मा घर फर्किएका छन् । उनी केही दिन घरमै आराम गर्नेछन् ।

Published : Monday, 2020 November 30, 8:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया