ओलीद्वारा भण्डाफोर, लाजले शिर उठाउन नसक्ने भए प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीले ३० वर्षसम्म पार्टीको नेतृत्व छाड्न नसक्ने व्यक्तिले आफूलाई व्यक्तिवादी भनेर लगाएको आरोपको खण्डन गरेका छन् ।

शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगाएको आरोप प्रचण्डलाई नै सुहाउने बताएका हुन् ।

‘तपाईंले मलाई ‘व्यक्तिवादी’, ‘गुटवादी’ र ‘एकाधिकारवादी’ आरोप लगाइरहँदा एकपल्ट आफूले नेतृत्व गरेको अवधिको आत्मसमीक्षा गर्नु भए हुन्थ्यो’, ओलीले भनेका छन् ।

‘जुन व्यक्तिको ३० वर्षे नेतृत्वकालमा सहयोद्धा साथीहरू अत्यन्त पीडाका साथ पार्टी छाड्न विवश भएका छन्’, ओलीले भने, ‘जसमध्ये कतिको दुखद् मृत्यु समेत भएको छ ।’

‘जसको नेतृत्वकालमा पार्टी पटक–पटक विभाजित भएर चिराचिरा भएको छ, जहाँ तजबिजका भरमा कुनै बेला कमिटी दुई अङ्कमा झर्छ अनि तुरुन्तै ४ हजार सदस्यीय बन्छ, कमरेडले मलाई यस्तो आरोप लगाउन अलिकति अप्ठ्यारो मान्नु पर्ने हो’, ओलीले भनेका छन् ।

‘म त जम्माजम्मी एउटा महाधिवेशनबाट, त्यो पनि प्रतिष्पर्धामार्फत् अध्यक्ष पदमा निर्वाचित भएर काम गरिरहेको छु’, उनले भने, ‘मलाई थाहा छ, हाम्रो सफलता टिम वर्कका कारण संभव भएको हो ।’

‘मलाई गर्व छ यस अवधिका बारेमा, जतिबेला पार्टीले संविधान निर्माणमा अगुवाइ ग¥यो, सरकार गठन र नाकाबन्दीको विरोध गर्‍यो, जातीय–क्षेत्रीय अतिवादको प्रतिवाद र राष्ट्रिय एकताको सुदृढीकरण गर्‍यो, नेपालको राष्ट्रिय स्वाभिमानको रक्षामा नेतृत्व गर्‍यो, निर्वाचनमा सबैभन्दा ठूलो पार्टीका रुपमा विकास भयो, पार्टी एकीकरण र दुईतिहाइ बहुमतको सरकार निर्माण सम्पन्न ग¥यो’, ओलीले भनेका छन् ।

‘मैले जीवनभरि समाजमा पनि र पार्टीभित्र पनि लोकतान्त्रिकरणको पैरवी गर्दै आएको छु’, ओलीले भने, ‘मैमाथि ‘व्यक्तिवादी’ आरोप लगाउँदा म खिस्स हाँस्न बाहेक के गर्न सक्छु र ?’

Published : Saturday, 2020 November 28, 6:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया