कम्युनिस्टहरूको कालोकर्तुतको भण्डाफोर, पहिलो प्रधानमन्त्री र दोस्रोमा राष्ट्रपति कार्यालय

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार एसियाली मुलुकमा सबैभन्दा धेरै भ्रष्ट भएको रिपोर्ट बाहिरिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको ग्लोबल करप्सन ब्यारोमिटर एसियाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार प्रधानमन्त्री कार्यालयका कर्मचारीहरू सबैभन्दा धेरै भ्रष्ट रहेको उल्लेख छ ।

बुधबार बिहान नेपाली रेडियो नेटवर्कमा अन्तर्वार्ताका क्रममा ट्रान्सपरेन्सी इन्टरनेसनलका नेपाल अध्यक्ष खेमराज रेग्मीले प्रधानमन्त्री र राष्ट्रपति कार्यालयमा सबैभन्दा धेरै भ्रष्टाचार भएको बताएका छन् । उनले गएको १२ महिनामा सबैभन्दा धेरै भ्रष्टाचार भएको बताए ।

‘प्रधानमन्त्री कार्यालयका सबै भ्रष्टाचार गर्छन्, स्थानीय तहमा अधिकांश भ्रष्टाचारी छन् भन्ने रिपोर्ट छ’, उनले भने, ‘प्रधानमन्त्री कार्यालय सबैभन्दा धेरै भ्रष्टाचार हुने केन्द्रको रुपमा देखिएको छ । मन्त्रिपरिषदको कार्यालय भ्रष्ट भएको देखिएको छ ।’

अध्यक्ष रेग्मीले सांसदहरू पनि सबैभन्दा धेरै भ्रष्ट रहेको भनेर प्रतिवेदनले उल्लेख गरेको बताएका छन् । ‘बिचौलिया, कालोबजारी, तस्करसँग सांसदहरूले सहयोग लिएका हुन्छन्’, रेग्मीले भने, ‘सांसद विकास कोषबाट सांसदहरूले भ्रष्टाचार गर्ने कुरा भएको छ । दश हजारमा हुने काम सांसदहरूले क्लवहरूमार्फत दश लाखमा काम गराइरहेका छन् ।’

सबैभन्दा धेरै भ्रष्टाचार गएको एक वर्षमा झन् बढेको छ । प्रधानमन्त्री कार्यालयपछि सबैभन्दा धेरै भ्रष्ट राष्ट्रपति कार्यालय रहेको रिपोर्टमा उल्लेख छ ।

५० प्रतिशत जनताले राष्ट्रपति तथा प्रधानमन्त्री भ्रष्टाचारी रहेको विश्वास गरिएको प्रतिवेदनमा उल्लेख छ । सांसद र सरकारी अधिकारीहरू भ्रष्ट रहेका जनाइएको छ ।

स्थानीय तहका अधिकारीहरू भ्रष्ट रहेको आरोप प्रतिवेदनले लगाएको छ । प्रहरीलाई पनि भ्रष्टाचारी धेरै हुने सूचीमा राखिएको छ । सार्वजनिक सेवा लिँदा पनि ठूलो भ्रष्टाचार हुने गरेको प्रतिवेदनले जनाएको छ ।

Published : Wednesday, 2020 November 25, 7:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया