ओली समूहले देखाइदियो दाहाल–नेपाल समूहलाई औकात, रेणुकाे बाबु-छाेरीलाई तनाब

भरतपुर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रको विवाद जिल्लाहरूमा देखिन थालेको छ ।

दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका पहिलो वरीयताका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई विभिन्न लाञ्छना र आक्षेपहरू लगाएपछि नेकपाभित्र विवाद भएको थियो । नेकपाको विवादले पार्टी विभाजको अवस्थामा पुगेको छ ।

त्यसको प्रभाव चितवनमा देखिएको छ । चितवनबाट नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भरतपुर महानगरपालिकामा उनकी छोरी रेणु दाहालले जितेकी छिन् ।

यसैबीच, स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेविरुद्ध चिवतनमा नाराबाजी गर्दै अभद्र क्रियाकलाप भएको छ । पाण्डेविरुद्ध बागमती प्रदेशका मुख्यमन्त्री डोरमण पौडेलका छोरा र

प्रधानमन्त्री खड्गप्रसाद ओलीको जनसम्पर्क सल्लाहकार सीता पौडेलले पूर्वअर्थमन्त्री पाण्डेललाई अभद्र व्यहार गरेकी छिन् । उनीहसँग आएका ८–१० जना केटाहरूले हर्कत देखाएका थिए ।
पाण्डेविरुद्ध नारा लगाउने र केपी ओली जिन्दावाद भनेर नारावाजी गर्नेमा चितवन जिल्ला कमिटीका पूर्वअध्यक्ष जगन्नाथ थपलियाका छोरा सुरज थपलिया अग्रपंक्तिमा थिए ।

सुरजका बुबा जगन्नाथ थपलिया अहिले वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका सल्लाहकार छन् ।

नाराबाजीको अगुवाइ गर्ने सुरजका ससुरा दाबा लामा पनि वागमती प्रदेशकै भूमि व्यवस्था सहकारी तथा कृषिमन्त्री छन् । उनै मन्त्रीका ज्वाइँको अगुवाइमा त्यहाँ नारा लगाउने काम भएको नेकपाका नेता एवम् पूर्वमन्त्री पाण्डले बताएका छन् ।

मन्त्री दावा लामाकै पीए प्रकाश कालाखेती भन्ने पनि नारा लगाउने समूहमा थिए । दाबाका छोरा पनि त्यहाँ संलग्न रहेको साथीहरूले बताएको पाण्डेले बताएका छन् ।

पाण्डेले केदार आचार्यलाई पनि आफूले चिनेको बताएका छन् । अरु ४ जनालाई आफूले देखेर पनि एक–दुईजनाको नाम बिर्सिएमने नेता पाण्डेले बताएका छन् ।

नेकपा राप्ती नगर कमिटीले एक विज्ञप्ति जारी गरी नगर कमिटीको तेश्रो बैठकलाई सम्बोधन गर्ने क्रममा कमिटीभन्दा बाहिरका केही अराजक व्यक्तिहरूले नाराबाजी गरेको भन्दै उनीहरूलाई कारबाही गर्न माग गरेको छ ।

शनिबार दिउँसो राप्तीको वीरेन्द्रनगरमा आयोजित बैठकमा सम्बोधन गर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली निकटका युवाहरूले नेता पाण्डेविरुद्ध नाराबाजी गरेका थिए ।

उता, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधि सभाका सांसद पाण्डेविरुद्ध नाराबाजी गर्नेलाई कारबाहीको माग गरेका छन् ।

घटनाको भर्त्सना गर्दै नेता नेपालले भनेका छन्, ‘गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे राप्ती नगर पार्टीको बैठकमा सहभागी भइ मन्तव्य राखिरहेका बेला अनधिकृत रूपमा प्रवेश गरेका केही व्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र व्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्सना गर्दछु ।’

नेकपाका दोस्रो वरीयताका अध्यक्ष दाहालले नेपाली कांग्रेसको समर्थनमा आफ्नी छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरमा जिताएका थिए ।

दाहालले चितनमा आफ्नो बर्चश्व देखाउन खोज्दा वरिष्ठ नेतो नेपाल निकटका नेता पाण्डेले ओली समूहबाट शनिबार अपमान सहनु परेको छ ।

Published : Saturday, 2020 November 21, 9:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया