दश दिन ओली मजाले काम गर्न पाउन, दाहाललाई झट्का

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक दश दिनका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठक दश दिनपछि बस्ने गरि स्थगित भएको प्रवक्ता नारायाणकाजी श्रेष्ठले जानकारी दिए । दश दिनसम्म ओली सजिलो गरि काम गर्न पाउनेछन् ।

नेकपाको सचिवालय बैठक मंसिर १३ गते बस्नेछ । सो बैठकमा ओली आफ्नो तर्फबाट नयाँ राजनीतिक प्रस्ताव पेश गर्ने श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठले मंसिर १८ गते स्थायी समितिको बैठक बस्ने जानकारी दिए । उनले मंसिर १३ गते सचिवालयको बैठक, १८ गते स्थायी समिति र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको बताए ।

यो समयभित्र दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमाथि सहमति खोज्ने प्रयास हुनेछ । बुधबारको बैठकपछि दाहालको प्रतिवेदनको भविष्यमाथि प्रश्न उब्जिएको छ ।

प्रधानमन्त्री ओलीविरुद्ध दाहालको राजनीतिक प्रतिवेदन केन्द्रित रहेपछि विवाद भएको थियो ।

Published : Wednesday, 2020 November 18, 2:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया