मध्यराति बालुवाटार छिर्‍यो चीन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद मिलाउन नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले दौडधुप गरेकी छिन् ।

चिनियाँ राजदूत यान्छीले मंगलबार राति प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग बालुवाटारमा भेटेर दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर जान दवाव दिएको स्रोतले जनाएको छ ।

चिनियाँ राजदूत यान्छीले नेकपाको विवाद मिलाउन ओलीलाई दवाव दिएकी हुन् ।

नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै आएको चीनले नेकपाको विवादलाई मिलाउन खुला रुपमै आफूलाई प्रस्तुत गरेको छ ।

नेकपाको विवाद मिलाउन राजदूत यान्छीले ओलीसँग डेढ घण्टा भेटवार्ता गरेकी छिन् । ओली र यान्छीबीच ९ बजे सुरु भएको संवाद साढे १० बजेसम्म चलेको स्रोतको भनाइ छ ।

नेकपाको विवाद वैशाख र असारमा भएको थियो । त्यस बेला नेकपा झण्डै विभाजनको तहमा पुगेको थियो । नेपालका लागि चिनियाँ राजदूत यान्छीले नेकपा विवाद सुल्झाउन ठूलो भूमिका निभाएकी थिइन् ।

Published : Wednesday, 2020 November 18, 7:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया