ओली–दाहालले भित्री बस्त्र उतारेर मुख छोप्नुभयोः कांग्रेस नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति ब्याङ्गात्मक टिप्पणी गरेका छन् ।

शनिबार ट्वीट गर्दै खतिवडाले ओली–दाहालले लुकाउनुपर्ने बस्तु नलुकाएर भित्री बस्त्रले मुख छोपेको भन्दै पार्टी र सरकारलाई मिलेर चलाउन सुझाव दिएका छन् ।

खतिवडाले ओली–दाहाल मिलेर सरकारलाई पूरै पाँच वर्ष चलाउन आग्रह गरे । सत्ता र व्यक्तिगत स्वार्थका लागि झगडा नगर्न उनले अनुरोध गरेका छन् ।

जनताले दिएको झण्डै दुईतिहाइको बहुमतको कदर गर्दै ओली–दाहालले लुकाउनुपर्ने कुरालाई भित्री बस्त्र खोलेर मुख छोपे जस्तो कार्य नगर्न सुझाव दिएका छन् ।

‘यो वर्षको दीपावलीमा नेकपाका दुबै अध्यक्ष केपी ओली र प्रचण्डको पत्र पढियो । दुबैले भित्री बस्त्रले मुख छोपे छन् । जे छोप्ने देखाए, जे देखाउने त्यो छोपे । दुबैलाई शुभकामना ।’

Published : Saturday, 2020 November 14, 7:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया