कांग्रेस केन्द्रीय सदस्य एवम् सांसद केसीको निधन

पोखरा । नेपाली कांग्रेसका सांसद एवम् आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ ।

केसीको सोमबार राति साढे १० बजे ६५ वर्षको उमेरमा निधन भएको आफन्तहरूले जनाएका छन् । उनले मिर्गौला रोगको उपचार गराउँदै आएका थिए ।

केसीको मंगलबार बिहान साढे ९ बजे पोखरामा अन्तिम संस्कार गर्ने पारिवारिक स्रोतले जनाएको छ ।

कांग्रेसका सांसद केसी लामो समयदेखि सुगर र उच्च रक्तचापका पनि बिरामी थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध केसी ३ वर्ष अगाडि प्रतिनिसभा चुनावताका नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

केसी रारा चाउचाउको उत्पादक कम्पनी हिमश्री फुडका सञ्चालक हुन् । उनको जलविद्युत क्षेत्रमासमेत ठूलो लगानी रहेको छ ।

Published : Tuesday, 2020 November 3, 7:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया