ओलीका खास मान्छेले खाेले दाहालकाे असली राज

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादले पार्टी फुटमा जाने सम्भावना नरहेको नेताहरूले बताउन थालेका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली निकट मानिने नेता गोकुलप्रसाद बास्कोटाले बाहिर आएका कुराहरूले पार्टी विभाजन नहुने दाबी गरे । उनले सिद्धान्त र संगठनात्मक प्रणालीसहित संकट रहेमा मात्रै पार्टी फुट्ने सम्भावना रहनेभन्दै अहिले को विषयले पार्टी फुटको सम्भाना नरहेको उल्लेख गरे ।

‘सिद्धान्त र संगठनात्मक प्रणालीसहितको संकट उत्पन्न भएको भए पो सङ्कट मान्नु लेनदेनको ब्यापारिक स्वार्थमा अडेको एकता अर्काे सम्झौतापछि समाधान भैहाल्छ नि । बेकारको हल्ला’, नेकपाका नेता बास्कोटाले ट्वीट गर्दै भनेका छन् ।

नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालले सोमबार खुमलटारमा सचिवालयका सदस्यहरूलाई बोलाएर बैठक समेत राखेका थिए । त्यो बैठकमा दाहालले प्रधानमन्त्री ओलीले पार्टी विभाजनको प्रस्ताव राखेको भनेर समाचार बाहिरिएका थिए ।

ती समाचार बाहिर आइरहँदा ओली निकट मानिने बास्कोटाले पार्टी फुटको हल्लाको पछाडि नलाग्न ट्वीटमार्फत अनुरोध गरेका थिए ।

कर्णाली प्रदेशको विवादपछि नेकपामा अलिक धेरै समस्या देखिएको छ । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामान्त गोयललाई भेटेको विषयले पनि नेकपाभित्र विवाद भएको थियो ।

दाहालले खुमलटारमा आफू निकटका नेताहरूलाई बोलाएर परामर्शहरू गरेपछि ओली पनि बालुवाटारमा आफू निकटका नेताहरूसँग सोमबार मध्यरातिसम्म सम्वादहरू गरेको स्रोतले जनाएको छ ।

Published : Monday, 2020 November 2, 9:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया