खड्गप्रसाद ओलीलाई नराम्रोसँग हराएका लिङ्देन कांग्रेसमा प्रवेश

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्टहरू आउने भनेको अन्तिम स्थान भनेको कांग्रेस पार्टी नै रहेको बताएका छन् ।

गृहजिल्ला ओखलढुंगामा नेता कार्यकर्ताहरूलाई आइनबार सम्बोधन गर्ने क्रममा खतिवडाले कम्युनिस्टहरू अन्तिममा सुध्रिए भने आउने ठाउँ भनेको कांग्रेस पार्टी रहेको उल्लेख गरे ।

खतिवडाले भने, ‘अन्तिममा कम्युनिस्टहरू आउने भनेको नेपाली कांग्रेस पार्टी हो ।’

खड्गप्रसाद ओलीलाई झापामा नराम्रोसँग हराएका तत्कालीन माओवादीका नेता विश्वदीप लिङ्देन नेपाली कांग्रेसमा प्रवेश गरेको खतिवडाले बताए ।

‘०६४ सालमा झापाबाट खड्गप्रसाद ओलीले हारेका हुन् । विश्वदीप लिङ्देनले ओलीजीलाई हराउनुभएको थियो’, खतिवडाले भने, ‘विश्वदीप लिङ्देनले गलत पार्टीमा रहेछु भनेर अहिले कांग्रेसको सदस्यता लिनुभएको छ ।’

खतिवडाले ओखलढुंगाबाट निर्वाचित नेकपाका जनप्रतिनिधिहरू पनि आउने भनेको कांग्रेस पार्टी नै रहेको बताए । उनले भने, ‘ओखलढुंगाबाट निर्वाचित भएका जनप्रतिनिधिहरू कुनै बेला कांग्रेसमा प्रवेश गरे भने अचम्मा नमान्नु होला । कांग्रेसमा प्रवेश गर्न सक्छन् ।’

Published : Sunday, 2020 November 1, 7:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया