तरुण दल सुर्खेतद्वारा असहाय बालबालिकाहरूलाई खाद्यान्न प्रदान

वीरेन्द्रनगर । नेपाल तरुण दल सुर्खेतले आफ्नो ६८औँ स्थापना दिवसको अवसरमा सहयोगसहितका रचनात्मक कार्यक्रम गरेर मनाएको छ ।

तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले शनिबार नवजीवन बाल संरक्षण केन्द्रका असहाय बालबालिकाहरूलाई खाद्यान्न उपलब्ध गराएका हुन् । केन्द्रमा ३५ जना बालबालिकाहरू रहेका छन् ।

आमाबाबु विहीन केन्द्रका असहाय बालबालिकाहरूलाई सहयोग होस् भनेर खाद्यान्न उपलब्ध गराएको अध्यक्ष विष्टले बताएका छन् ।

स्थापना दिवसका अवसरमा तरुण दल सुर्खेतले १० बोरा (ब्याग) मसिनो चामल, १० पोका खाने तेल र १० किलो नुन सहयोग गरिएको अध्यक्ष विष्टले बताए ।

नेपाल तरुण दलको ६८औँ स्थापना दिवस यस पटक दशैँको टीकाको दिन परेको थियो । सो दिन कार्यक्रम गर्न नसके पनि तरुण दलले एक हप्तासम्म स्वास्थ्यका मापदण्ड अपनाएर रचनात्मक कार्यक्रम गर्ने जनाएको थियो ।

Published : Sunday, 2020 November 1, 7:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया