जोखिम मोलेर त्रिविमा पुग्यो तरुण दल, स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । नेपाली तरुण दलले कोरोना महामारीका बीच आफ्नो ६८औँ स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रमहरू गरेर मनाएको छ ।

तरुण दलले शुक्रबार स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य सामग्रीहरू वितरण गरेर स्थापना दिवस मनाइएको अध्यक्ष जितजंग बस्नेतले बताए । अध्यक्ष बस्नेतले कोरोना महामारीका बेला जोखिममा रहेका त्रिवि शिक्षण अस्पतालका स्वास्थ्यकर्मीहरूलाई सानो सहयोग होस् भनेर स्थापना दिवसका दिन स्वास्थ्य सामग्रीहरू वितरण गरेको उल्लेख गरे ।

‘जनताको स्वास्थ्य रक्षाको लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहनुभएका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्य नजर गर्दै नेपाल तरुण दलको ६८औं स्थापना दिवसको अवसरमा कात्तिक १४ गते शुक्रबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल कोरोनाभाइरसको उपचारमा सहयोगका लागि ४००० थान मास्क, ३० थान पीपीई सेट र ५२ थान फेस शिल्ड नेपाल तरुण दल केन्द्रीय समितिद्वारा हस्तान्तरण गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्य सामग्री उपलब्ध गराई सहयोग पु¥याउने नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेञ्ज फाउन्डेसनका अध्यक्ष मेञ्ज खानलाई पनि तरुण दलले धन्यावाद दिएको छ ।

स्वास्थ्य सामग्री हस्तान्तरणका लागि तरुण दलका अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाइँसहितका तरुणहरू त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

तरुण दलको स्थापना दिवस यस पटक दशैँको टीकाको दिन परेको थियो । सो दिनको साटो एक हप्तासम्म स्वास्थ्यका मापदण्ड अपनाएर रचनात्मक कार्यक्रमहरू गर्ने निर्णय तरुण दलले गरेको थियो ।

Published : Saturday, 2020 October 31, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया