ओली निकट नेताहरूद्वारा खुमलटार बैठक बहिस्कार

काठमाडौं । कर्णाली प्रदेशको विवाद समाधानका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतका नेताहरूसँग छलफल गरेका छन् ।

दाहाल–नेपालले मुख्यमन्त्री शाही लगायतका नेताहरूलाई बिहीबार खुमलटारमा बोलाएका थिए ।

खुमलटारमा दाहाल–नेपालले आफू निकटका नेताहरूसँग परामर्श गरेका थिए । दाहाल–नेपालले खड्गप्रसाद ओली निकटका नेताहरूलाई बोलाए पनि उनीहरू खुमलटार गएनन् ।

दाहाल–नेपालले अविश्वासको प्रस्ताव दर्ता गराउने यमलाल कँडेलसहितका नेताहरूलाई पनि बोलाएको थियो । तर, कँडेलसहितका नेताहरू छलफलका लागि खुमलटार गएनन् । उनीहरू पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार दिनभरि बसेका थिए ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले बिहीबार कर्णाली प्रदेशका नेताहरूसँग भेटेका छैनन् । स्रोतका अनुसार ओलीले शुक्रबार कर्णाली प्रदेशका नेताहरूसँग भेट गरेर विवाद समाधानका विषयमा छलफल गर्न सक्नेछन् ।

मुख्यमन्त्री शाहीले काम गर्न नसकेपछि कँडेलसहितका नेताहरू अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वासको प्रस्ताव दर्ता गराएपछि दाहाल–नेपाल मिलेर ओली पक्षलाई परास्त गर्ने प्रयास गरेका छन् ।

कर्णाली प्रदेशको विवाद मिलिसकेको छैन । कर्णाली प्रदेशका नेताहरू काठमाडौंमा आएका छन् । उनीहरूसँग छलफल गरेर सहमति खोज्ने जनाइएको छ ।

Published : Friday, 2020 October 16, 8:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया