कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्यहरूलाई कोरोनाभाइरसको संक्रमण भएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

सोमबारका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार २ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको पुष्टि गरेका छन् ।

उनले केन्द्रीय कार्यसमितिको बैठक असोज २५ गते बस्ने पनि जानकारी दिए ।

केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा बोलाएको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक भने स्थगित भएको छ ।

सह–महामन्त्री प्रकाशशरण महतले आइतबार बिहान ९ बजे बोलाइएको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक स्थगित गरिएको जानकारी दिए ।

केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाबारे छलफल गर्न कांग्रेसले आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बोलाएको थियो ।

Published : Sunday, 2020 October 4, 7:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया