राजधानी सारेको विरोधमा तरुण र नेविसंघद्वारा बुटवलमा प्रदर्शन

बुटवल । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदेश ५ को राजधानी बुटवलबाट नसार्न माग गर्दै प्रदर्शन गरेका छन् ।

नेविसंघ र तरुण दलका कार्यकर्ताले शुक्रबार बुटवलमा प्रदर्शन गरेका हुन् । उनीहरूले प्रदेश राजधानी दाङको भालुबाङ सार्न पाइँदैन भन्दै नारावाजी समेत गरेका छन् ।

प्रदर्शनकारीले सडकमा टायर समेत बालेका छन् । उनीहरूले प्रदेश सरकारविरुद्ध नारावाजी गरेका थिए ।

प्रदेश सरकारले शुक्रबार प्रदेश ५ को राजधानी लुम्बिनी र स्थायी राजधानी दाङको भालुबाङ बनाउने निर्णय गरेको थियो ।

सो निर्णय प्रदेश सभामा समेत पेश भइसकेको छ । सम्भवत आगामी सोमबारको प्रदेश सभाबाट राजधानी र नाममा निर्णय हुनेछ ।

Published : Friday, 2020 October 2, 5:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया