कांग्रेससँग पहिलो पटक नराम्रोसँग डरायो कम्युनिस्ट सरकार, बर्चश्व जमाउन गर्‍यो यस्तो हर्कत

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको समन्वय समिति, संघीय मामिला तथा समन्वय प्रशासन मन्त्रालयका संयोजक अतहर कमाल मुसलमानले कम्युनिस्ट सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड यूनियनको निर्वाचन कार्यक्रम स्थगन गर्ने निर्णय गरेको प्रति गम्भीर आपत्ति व्यक्त गरेका छन् ।

संयोजक मुसलमानले बिहीबार विज्ञप्ति जारी गरेर लोकतन्त्रको सुन्दर पक्ष भनेको चुनावी प्रकृया रहेको भन्दै निर्वाचन कार्यक्रम सार्वजनिक गर्न माग गरेका छन् ।

‘आम नेपालीले आफ्नो मतको स्वतन्त्रतापूर्वक प्रयोग गर्न पाउनु पर्दछ, जुन हाम्रो संविधानले सुनिश्चितता गरेको छ’, उनले भनेका छन्, ‘वर्तमान कम्युनिस्ट सरकारले आफ्नो अनुकूल परिणाम नआउने त्रासको कारण चुनावी प्रकृयालाई मनोमानी ढंगले सम्बन्धित पक्ष र सरोकारवालाहरूसँग कुनै राय, सुझाव र परामर्श विना एकलौटी रुपले अन्तिम समयमा आएर स्थगनको निर्णय गर्‍यो ।’

‘गत जेष्ठ १९ गते नै समाप्त भएको टे«ड यूनियनको कार्यसमितिको कार्यकाल जवर्जस्ती आगामी वैशाख मसान्तसम्म थप गरेर सरकारले आफूलाई अलोकतान्त्रिक घोषित गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘सरकारको यस्तो रवैया हामीलाई कदापी मान्य हुने छैन’, संयोजक मुसलमानले भनेका छन्, ‘सरकारले स्वतन्त्र मताधिकारलाई कुण्ठित गर्ने चेष्टा गरेका छ । हामी यसको घोर भर्त्सना र विरोध गर्दछौं ।’

कांग्रेस नेता मुसलमानले भनेका छन्, ‘सरकारले आफ्नो गतल निर्णयलाई तत्काल सच्चाएर सम्बन्धि सबै पक्षहरूका सँग वार्ता र सम्वाद गरी चुनाव सम्पन्न गराउन जोडदार माग गर्दछौं ।’

अलोकप्रिय बनेको खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार निजामतीहरूका बीच अलोकप्रिय बनेको छ । यस्तो अवस्थामा निर्वाचन गर्दा कांग्रेस निकटका कर्मचारीहरू जित्ने भएपछि निर्वाचन रोक्ने निर्णय गरिएको छ ।

कांग्रेस निकटका कर्मचारीहरूले निर्वाचन माग गरेका छन् । नेकपा निकटका कर्मचारीहरू पराजित हुने डरले निर्वाचन स्थगन गरेका छन् ।

Published : Thursday, 2020 September 24, 10:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया