ओलीका नेताहरू तलब र मन्त्री खोज्दै, बदनाम भए कम्युनिस्ट, जनता भोको पेट भर्न झरीमा यसरी रुझ्दै

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले ‘कोही पनि भोकै पर्दैन, कोही पनि भोकै मर्दैन’ भनेका थिए । त्यति मात्रै होइन ओलीले भोकै पर्ने अवस्था आयो भने फोन गर्नु भनेका थिए ।

ओलीलाई फोन गर्ने त कुरै छाडौँ उनी हिँड्ने बाटो नजिकै दैनिक सयौँ जनता भोकै खाने कुरा कुरेर बसेका हुन्छन् । काठमाडौंको खुलामञ्चमा बिहान र बेलुका खाने कुरा पर्खेर बसेकाहरूको भीड नै हुन्छ । तर, ओलीलाईको कुनै जानकारी नै छैन ।

कोरोना महामारीका बेला जनतालाई पर्ने समस्याबाट उन्मुक्ति दिने दायित्व सरकारको हो । तर, निषेधाज्ञा लगाउने सरकारले त्यस बेला घरभित्र के खाएको होला भनेर पनि सोँच्दैन । राहतका कार्यक्रम पनि दिँदैन । बरु नेकपाका नेताहरू र केन्द्रीय सदस्यहरूलाई तलब खुवाउने, मन्त्री बनाउने, सुविधा दिने भनेर कहिले पेरिश डाँडा, कहिले बालुवाटारमा मिष्ठान्न भोजनसहित छलफल र बैठकहरू गरिन्छ । गरिव जनताको कुरामा कुनै छलफल नै हुँदैन ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिव जनताको नाममा कथित जनयुद्धका नाममा १७ हजार जनताको ज्यान लिएका थिए । अहिले उनै दाहाल र माओवादीका नेताहरू चुपचाप छन् । बुहारीलाई मन्त्री, छोरीलाई मेयर, ज्वाइँहरूलाई आकर्षक सुविधासहितका नियुक्ति दिनेभन्दा अर्को सोँच दाहाललाई छैन ।

ओलीको राज्यसंयन्त्र यति कमजोर छ कि जनता कहाँ कहाँ भोकै परेका छन् भनेर सूचना समेत दिएको छैन कि भनेर प्रश्न उठेको छ । खुला मञ्चबाट करीव दुई किलो मिटेरका दुरीमा सिंहदरबार छ । नजिकै काठमाडौं महानगरीय प्रहरीको हेडक्वाटर छ, त्यसकै नजिकै नेपाली सेनाको हडक्वाटर छ । ती सुरक्षा निकायले ओलीसम्म जनता भोकै छन् भन्ने कुराको जानकारी पनि दिँदैनन् कि के हो ? भनेर ती भोका पेट भकाएहरूले गुनासो गर्न थालेका छन् ।

काठमाडौं महानगरपालिकामा तत्कालीन एमालेबाट विद्यासुन्दर शाक्य विजयी भएका छन् । शाक्यलाई कोरोना लाग्दा महानगरपालिकाको खर्चबाट पाँचतारे होटेल सोल्टीमा बसेर उपचार गरे । तर, शाक्यले पनि भोको पेटका जनता देखेनन् ।

त्यति मात्रै होइन संविधान दिवसका दिन बिहान भोको पेटमा खुला मञ्चमा खाना कुरेर बसेका सर्वसाधारण थिए । अर्कोपट्टी सैनिक मञ्चमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओलीसहित मन्त्री, सत्तारुढ दलका नेता, सांसद, उच्च तहका कर्मचारीलगायतको उपस्थिति रहेको थियो । आकाशबाट फूल बर्षाएर संविधान दिवस मनाए । तर, २० मिटर टाढा रहेका भोका जनतालाई भण्डारी र ओलीले देखेनन् ।

दुई दिनदेखि काठमाडौं उपत्यकासहित देशभरि वर्षा भइरहेको छ । देशका विभिन्न स्थानमा गरिव जनता भोकै छन् । कतिले आफ्नो ज्यान समेत दिइसकेका छन् । यता वर्षा भइरहेका बेला पनि झरीमा रुझेर ती भोका पेटहरूले कुनै प्रवाह नगरी गमागम भात खाइरहेका छन् । पानीले भिजाइ रहेको छ । खानेकुरा अर्थात भातमा आकाशबाट परेको पानी परिरहेको छ । तर, भोको पेट भर्न ती व्यक्तिहरूले खाना खाइरहेका छन् ।

‘हाम्रो टिम नेपाल’ नामक युवाहरूको संस्थाले ती भोका पेटहरू भर्नका लागि खाने कुरा दिएका छन् । युवाहरूले गरिव जनताको भोको पेट देखे । तर, गरिव जनताको नाममा राजनीति गर्दै आएको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनहरूले गरिव जनताको भोको पेट देखेको छैन ।

हाम्रो टिम नेपालले चैत १४ गतेदेखि खुलामञ्चमा निःशुल्क खाना खुवाउँदै आएको छ ।

हुन त ललितपुरका विभिन्न स्थानमा कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले ‘फुड बैंक’ चलाएका थिए । मर्जनको ‘फुड बैंक’ रोक्न कम्युनिस्टका सांसदहरूनै सक्रिय भएर लागे । गोदावरी नगरपालिकाको चापागाउँमा चलाइएको ‘फुड बैंक’बाट तर्सिएका कम्युनिस्टहरूले कांग्रेसका नेता महर्जनलाई दुश्मननै ठाने ।

जनताको सेवा गर्न जुनसुकै मूल्य चुकाउन तयार रहेका कांग्रेसका युवा नेता महर्जन पछाडि हटेनन् । कुनैन कुनै बहानामा ‘फुड बैंक’ चलाएर समस्यामा परेका जनतालाई खाद्यान्न दिएर छाडे । उनले स्थानीय युवा, तरुण र विद्यार्थीलाई परिचालन गरेर विभिन्न स्थानमा ‘फुड बैंक’ चलाए ।

महर्जनको त्यो अभियानलाई विशेष गरेर तत्कालीन एमालेबाट निर्वाचित नेकपाका प्रतिनिधिसभाका सांसद नवराज सिलवाल र प्रदेश सांसद चेतनाथ सञ्जेललाई मन परेको थिएन । सिलवाल र सञ्जेलले आफूले त काम गरेनन् नै । तर, काम गर्ने महर्जन र उनको टिमलाई रोक्ने प्रयास गरे । महर्जनसँग अन्तिममा हारेर सिलवाल र सञ्जेल चुपचाप बस्न बाध्य भए ।

Published : Thursday, 2020 September 24, 7:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया