स्याङजामा पहिरोबाट दश जनाको मृत्यु

वालिङ । स्याङ्जा जिल्लामा पहिरोले घर पुरिँदा १० जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान वालिङ नगरपालिका–१४ तामादीमा गएको पहिरोमा एकै परिवारका ९ जनाको मृत्यु भएको हो ।

कालीगण्डकी गाउँपालिका–४ मा खसेको पहिरोमा १ जना गरी १० जनाले मृत्यु भएको छ ।

वालिङ–१४ तमादीमा परिवारका १० जना पहिरोमा वेपत्ता भएकोमा ९ जनाको शव फेला परेको छ ।

सुरक्षाकर्मीले एक जनाको जीवितै उद्धार गरेको स्याङ्जाका प्रहरी प्रवक्ता एवम् डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिएका छन् ।

पहिरोमा परी मृत्यु हुनेहरूमा ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली र ९ वर्षीय विवश नेपाली छन् ।

बिनिता र कुलदीपसहित उनका ७ महिने शिशलाई पनि पहिरोले ज्यान लिएको छ ।

पहिरोमा पुरिएर घाइते बनेकी मायाकी १६ वर्षीया छोरीलाई उपचारका लागि पोखरा पठाइएको छ ।

बिहीबार बिहानै स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४ मा पहिरोमा पुरिएर १६ वर्षीय विष्णु परिवारको ज्यान गएको प्रहरीले जनाएको छ ।

Published : Thursday, 2020 September 24, 12:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया