कांग्रेस नेतृत्वमा बनेको संविधानप्रति कम्युनिस्टको आस्था देखिएनः डा.आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वसांसद डा.आरजु राणा देउवाले संविधान कार्यान्वयन पक्ष फितलो भएको बताएकी छिन्।

शनिबार सामाजिक सञ्जालमार्फत संविधान दिवसको अवसरमा शुभकामना दिँदै डा.राणाले संविधानमाथि आम नागरिकले प्रश्न गर्न थालेको बताइन्।

राणाले नेपालको संविधान २०७२ पारित भएको दिन सम्झिदै भनिन्, ‘त्यो दिन नेपाली नारीहरूको महान चाँड तिजपनि परेको थियो, हामीले निकै हर्ष र उल्लासका साथ संविधान पारीत गरेका थियौँ।’

‘३५ भाग र ९ अनसुचीमा पारित भएको नेपालको संविधानले हामी सबै नेपालीलाई सार्वभौम बनाएको थियो’, उनले भनिन्, ‘हामिलाई लागेको थियो की यो संविधानले फड्को मार्छ, देशले कायापलट गर्छ तर त्यो हुन सकेन।’

‘नेपाल २१औं शताब्दीको विकास उन्मुख देशभन्दा माथिल्लोस्तरमा जान्छ भन्ने सबैलाई लागेको थियो’, राणाले भनेकी छिन्, ‘यो संविधान कार्यान्वयनै फितलो देखियो।’

‘पहिलो चुवानका कम्युनिष्ट पार्टीहरूको वर्चस्व आयो, उनीहरू दुई पार्टी मिलेर गएका थिए’, उनले भनेकी छिन्, ‘हामी लोकतान्त्रिक पार्टीको केही सिट कम आयो।’

कांग्रेस नेतृ डा.राणाले संविधानप्रति सरकारमा रहेका कम्युनिष्ट पार्टीहरूले आस्था नदेखाएको बताइन्।

उनले भनेकी छिन्, ‘पाँच वर्षलाई फर्केर हेर्दा जति संविधान आस्था हामी कांग्रेस पार्टीहरूको आस्था थियो, त्यति कम्युनिष्ट पार्टीहरूले राखेका छैनन्।’

‘यो ठूलो प्रश्न चिन्ह उठेको छ, नेपाली जनतालाई हक अधिकार र न्यायमा समान पहुचँ ल्याउन सकेको छैन्’, उनले भनेकी छिन्, ‘संविधानलाई पनि मान्छेहरुले यो कस्तो संविधान भन्दै प्रश्न गर्न थालेका छन् ।’

संविधान कार्यान्वयनको जिम्मेवारी पाएको सरकारले संविधान कार्यान्वयन गर्न नसकेको राणाले बताइन्। उनले संविधान कार्यान्वयनमा जोड् दिनुपर्ने धारणा राखेकी छिन्।

Published : Saturday, 2020 September 19, 9:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया