कांग्रेसका बस्नेतको कार्यले सभामुख, मन्त्री र मेयर डाहले भुतुक्कै, कम्युनिस्टले एक दानो सहयोग गरेनन्

बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लाको नागपूजे र भीरखर्कका पहिरोपीडितलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजन र पहलमा नगदसहित खाद्यान्नलगायतका सामग्री हस्तान्तरण गरिएको छ ।

हिमालय हेल्पिङ ह्याण्ड, हण्ड्रेड ग्रुप, रोयल कोलाब्रेथले मंगलबार बाह्रबिसे नगरपालिकाको वडा नम्बर ७, घुम्थाङका पहिरोपीडितहरूलाई नगद, खाद्यान्न, भान्साको सामान, सिरक, डसनालगायतका सामग्री हस्तान्तरण गरिएको पूर्वमन्त्री समेत रहेका बस्नेतले बताए । लाइनमा बसेका सबैलाई पीडितलाई राहत दिएर पठाएको उनले बताए ।

‘पहिरोपीडितलाई राहत वितरणमा बाह्रबिसेका मेयर निमफुन्जु शेर्पाले एकद्वार प्रणाली लागू गर्न खोजेर अबरोध गर्न खोजेपछि म आफै गएर राहत वितरण गर्न सहयोग गरेको हुँ’, उनले भने, ‘जम्बुका पहिरोपीडितलाई नगरपालिकाले दिने भनेको एक लाख किरिया खर्च अहिलेसम्म दिएको छैन । यस्तो झुठ बोल्ने मेयरको कुरा मलाई विश्वास छैन ।’

मेयर शेर्पाले राहत विरतण कार्यलाई रोक्नका लागि घुम्थाङमा प्रहरी खटाएका थिए । पूर्वमन्त्री बस्नेतले ती प्रहरीलाई सम्झाइबुझाइ गरेर राहत वितरणमा अबरोध नगर्न भनेपछि सहज रुपमा राहत वितरण गरिएको थियो ।

बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजे र भीरखर्कमा पहिरोमा परिवार गुमाएकाको परिवारलाई रु.१० हजार र घरबार विहीनहरूलाई रु.५ हजारका दरले पूर्वमन्त्री समेत रहेका बस्नेतले आर्थिक सहयोग गरेका हुन् ।

पीडितहरूलाई बस्नेतले सिरक, डसना, खाद्यान्नलगायतका सामग्री पनि हस्तान्तरण गरेका छन् ।
यसअघि पनि कांग्रेस नेता बस्नेतको पहलमा कलाकार एवम् प्रस्तोता कृष्ण कँडेलले २५ हजारका दरले ज्यान गुमाएका पहिरोपीडितका परिवारलाई आर्थिक सहयोग गरिएको थियो ।

रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलाकी पत्नी एलिजा गौतम धमलाले पनि सोमबार घुम्थाङका पहिरोपीडितहरूलाई खाद्यान्न, सिरक, डसनालगायतका सामग्री वितरण गरेकी थिइन् । एलिजालाई पनि पूर्वमन्त्री बस्नेतले नै राहत वितरणका लागि संयोजन गरेका थिए ।

यसअघि, सो क्षेत्रबाट प्रतिनिधि सभामा तत्कालीन माओवादीबाट निर्वाचित सांसद एवम् सभामुख अग्नि सापकोटा र पूर्वएमालेबाट प्रदेशमा निर्वाचित प्रदेश सांसद एवम् बागमती प्रदेशका मन्त्री अरुण नेपाल बचथलादेवी माविको प्राङ्गणमा पुगेर फर्किएका थिए । सापकोटा र नेपालले पहिरोपीडितहरूलाई मंगलबारसम्म एक दानो सहयोग गरेका छैनन् ।

कम्युनिस्टबाट निर्वाचित बाह्रबिसेका मेयर शेर्पाले पनि मंगलबारसम्म एक दानो सहयोग गरेका छैनन् । बरु सहयोग दिन चाहने समूहलाई रोकेर अवरोध गर्न खोजेका छन् ।

मेयर शेर्पाले असार २५ जम्बका पहिरोपीडितलाई १–१ लाख किरिया खर्च दिने भनेका थिए । अहिलेसम्म मेयर शेर्पाले त्यो रकम दिएका छैनन् । जम्बुमा २२ जनाले ज्यान गुमाएका थिए ।

कम्युनिस्टहरू राहत विरतण गर्नेभन्दा पनि अबरोध गरेर पहिरोपीडितलाई समस्या बनाएको आरोप लागेको छ ।

Published : Tuesday, 2020 September 15, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया