यो पोखरीमा ठोक्किएको थियो ५० हजार वर्ष अगाडि उल्कापिण्ड

नयाँदिल्ली । भारतको महाराष्ट्रस्थित लोनार पोखरीको पानीको रङ्ग परिवर्तन भएको छ ।

विशेषज्ञले यसको कारण लावणता जथा जलाशयमा उत्पन्न लेउका कारण यस्तो भएको हुनसक्ने अनुमान गरेका छन् ।

लोनार पोखरी मुम्बईभन्दा करीब ५ सय टाढा बुलढाणा जिल्लामा पर्दछ । यो पर्यटकबीच निकै लोकप्रिय छ ।

पोखरीको निर्माण करीव ५० हजार वर्षअघि धर्तीमा उल्कापिण्ड ठोक्किँदा भएको अनुमान गरिन्छ । संसारभरिका वैज्ञानिकमा पनि पोखरीमा निकै रुचि छ ।

पोखरीको पानी गुलाबी रङमा परिणत हुँदा स्थानीयका साथै प्रकृतिविद् र वैज्ञानिक पनि चकित छन् ।

पोखरीको पानी परिवर्तन भएको पहिलो घटना भने होइन । यसपटक यसको रङ स्पष्ट देख्न सकिएको छ ।

लोनार पोखरी संरक्षण एवं विकास समितिका सदस्य गजानन खराटले यो पोखरीको पानी नुनिलो भएको र यसको पिएच स्तर १०.५ भएको जानकारी दिए ।

औरंगाबादका डा.बाबासाहेब आंबेडकर मराठवाडा विश्वविद्यालयमा भूगोल विभागका प्रमुख डा. मदन सूर्यवंशीले पानीको रङ मानिसले परिवर्तन नगरेको बताए ।

Published : Saturday, 2020 September 5, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया