कोइराला–पौडेललाई गुटका कार्यकर्ता बचाउन तनाब, सिटाैला मालामाल

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आगामी फागनु महिनामा हुने दाबी गरिएको छ ।

जसले जे भने पनि कोरानाका कारण कांग्रेसको महाधिवेशन फागुनमा हुने कुनै सम्भावना छैन । सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला सबैलाई यो कुरा राम्रोसँग जानकारी छ ।

देउवाले धमाधम विभागहरू गठन गरेर आफ्ना नेता तथा कार्यकर्ताहरूलाई संरक्षण गर्न लागेपछि आत्तिएको पौडेल–कोइराला समूहले बखेडा झिकेको छ । कोरोनाले दैनिक सरह ज्यान गइरहेका बेला कांग्रेसको महाधिवेशन हुन्छ भन्ने कुरा कसैले पनि पत्याएका छैनन् ।

देउवालाई असफल बनाउन पौडेल–कोइराला समूहले विभाग गठनमा अबरोध गरेका हुन् । उनीहरूलाई देउवाले ४० प्रतिशत भाग पनि दिएका छन् । पौडेल–कोइराला समूहभित्रै भाग नमिलेपछि उनीहरू विरोधमा उत्रिएका हुन् ।

त्यति मात्रै होइन आफ्ना नेता तथा कार्यकर्ता रोकथाम गर्न पनि विभागलाई बहिस्कार गर्ने कोइराला–पौडेलको नीति छ । त्यो नीतिले धेरै काम गर्नेवाला छैन । कोइराला–पौडेलका कार्यकर्ताहरू देउवातिर लाग्ने पक्का छ ।

कोइराला–पौडेलको पछाडि लागेर सधैँ जीवन विताएका कार्यकर्ताहरूलाई विभागमा अवसर दिने बेला बहिस्कार गरेपछि तनाब हुनु स्वभाविक हो । यस्तो अवस्थामा उनीहरू जहाँ अवसर पाउँछन् त्यतै लाग्छन् । कांग्रेस भनेको पौडेल–कोइरालाको बिर्ता होइन ।

देउवाको पनि कमीकमजोरी छन् । देउवालाई ती कमीकमजोरीबाट निकालेर सहिबाटोमा लैजाने बेला पौडेल–कोइराला समूह आफ्नो व्यक्तिगत स्वार्थमा लागेको छ । बरु नेता कृष्णप्रसाद सिटौलाले आफूलाई अब्बल नेताका रुपमा स्थिापित गर्ने प्रयास गरेका छन् ।

उनले विभागहरूमा आफूले पाएको भागमा कार्यकर्ताहरू धमाधम हाल्न थालेका छन् । राजनीति आफूलाई भन्दा पनि अरुका लागि गर्ने हो । अबसर आउँदा अबरोध गर्ने कार्य सिटौलाले गरेका छैन । त्यहि कारण पौडेल–कोइराला समूहभन्दा पनि सिटौला समूह पछिल्लो समय बलियो बनेर आएको छ ।

Published : Friday, 2020 August 7, 9:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया