यी हुन कांग्रेसका इमान्दार कांग्रेस नेताको मन्त्रीको पद खाइदिने केन्द्रीय सदस्य

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङ रातोपासपोर्ट काण्डमा अमिर गुरुङको घरबाट रङ्गेहात पक्राउ परेको रहस्य बाहिर आएको छ ।

नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले आफू गृह मन्त्री भएका बेला नेता गुरुङलाई रातोपासपोर्ट काण्डमा रङ्गेहात पक्राउ गरेको बताए ।

‘धनराज गुरुङलाई रातोपासपोर्ट काण्डमा म गृह मन्त्री भएको बेला कारबाही गरेको हुँ’, जोशीले भने, ‘रातोपासपोर्ट काण्डमा रातोपासपोर्टसहित धनराज गुरुङलाई पक्राउ गरेको हो । अमिर गुरुङको घर खानतलासी गर्दा उहाँलाई रातोपासपोर्ट काण्डमा पक्राउ गरेको हो ।’

‘धनराज गुरुङका कारण सहायक मन्त्री रामचन्द्र अधिकारीको मन्त्री पदनै गयो’, पूर्वगृहमन्त्री जोशीले भने, ‘लमजुङमा २०२८–२९ सालमा नेपाली कांग्रेस स्थापना हुँदा रामचन्द्र अधिकारी पार्टी सचिव हुनुहुन्यो । धनराज गुरुङले उहाँलाई विचल्ली बनाएको हो ।’

रातोपासपोर्ट काण्डमा पक्राउ परेपछि धनराज गुरुङलाई कांग्रेसले निलम्बन समेत गरेको पूर्वमन्त्री जोशीले बताए ।

पूर्वमन्त्री जोशीको भनाइलाई कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका गुरुङले रातोपासपोर्ट काण्डमा आफूले अदालतबाट सफाइ पाएको सामाजिक सञ्जालमा लेखेका छन् ।

राताेपासपाेर्ट काण्डमा परेका नेता गुरुङ वरिष्ठ नेता रामचन्द्र पाैडेल निकटका मानिन्छन् ।

Published : Monday, 2020 August 3, 12:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया