काेराेना बढेपछि चिन्तित बन्यो सरकार, काठमाडौं उपत्यका प्रवेशमा नयाँ व्यवस्था

काठमाडौं । कोरोना भाइरसको संक्रमण काठमाडौं उपत्यकामा बढेपछि गृह मन्त्रालयले काठमाडौं प्रवेश गर्न पुनः कडाइ गरेको छ ।

मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले बिहीबार साँझ विज्ञप्ति जारी गरेर काठमाडौं प्रवेशमा कडाइ गरिएको जनाएका हुन् । उनले काठमाडौं प्रवेशमा साँझ ७ बजेदेखि बिहान ७ बजेभित्र अत्यावसेक र ढुवानी बाहेकलाई प्रवेश गर्न नदिइने जनाएका छन् ।

काठमाडौं प्रवेश गर्ने नाकाहरूमा पीसीआरको नमूना परीक्षण गदा ठूलो संख्यामा पोजेटिभ देखिएपछि गृह मन्त्रालयले नयाँ नियम लागू गरेको हो । मन्त्रालयले तोकिएको समयमा पनि अन्तर जिल्ला पास जारी नगर्न आग्रह गरेको छ ।

‘देशका विभिन्न स्थानबाट काठमाडौं आउने यात्रुहरूको काठमाडौं उपत्यका प्रवेश नाकामा कोभिड–१९ सम्बन्धी चेकजाँच गर्दा ठूलो संख्यामा यात्रुहरूमा कोभिड–१९ पोजेटिभ पाइएकाले नाकाहरूको आवागमनमा पूर्ण निगरानीका साथ चेकजाँचको आवश्यक व्यवस्था हुन, अर्को आदेश नभएसम्मका लागि अत्यावसेक सेवा र ढुवानी बाहेक साउन १५ गतेदेखि लागू हुने गरी पत्यके दिन साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका बाहेकका जिल्ला प्रशासन कार्यालयहरूले पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी अवागमन पास जारी नगर्न एवम् विना पास अन्तर जिल्ला आवागमन पूर्ण रुपमा बन्द गर्न गराउन सबै सुरक्षा निकाय र सबै जिल्ला प्रशासन कार्यालयहरूमा विशेष निर्देशन जारी गरिएको व्यवहोरा अनुरोध छ’, मन्त्रालयका सह–प्रवक्ता अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

काठमाडौं उपत्यकाको नाकाहरूमा लिइएको पीसीआरको नमूना परीक्षणमा बिहीबार मात्रै २४ जनामा कोरोना पोजेटिभ देखिएको थियो । दैनिक सरह काठमाडौं उपत्यकामा कोरोना पोजेटिभको संख्या बढीरहेकोम छ ।

Published : Thursday, 2020 July 30, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया