देउवासँग पौडेल–कोइरालाले कुरा गर्ने, अन्यौलमा नेविसंघ–तरुण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालाले पार्टीभित्रको आन्तरिक समस्याका सम्वाद गर्ने भएको छ ।

पौडेल–कोइराला निकटका केन्द्रीय नेताहरूको बुधबार ललितपुरको सानेपामा बसेको बैठकले विभागहरू गठन र क्रियाशील सदस्यता वितरणमा देखिएको समस्याका विषयमा देउवासँग छलफल गर्ने भएको हो ।

स्रोतका अनुसार पौडेल–कोइराला समूहले पार्टीमा छलफल नै नगरेर राप्रपाका नेता सुनिलबहादुर थापालाई पदाधिकारी दिएको तथा वडा सदस्य समेत जित्न नसक्नेहरूलाई केन्द्रीय सदस्य बनाउन लागेको भन्दै असन्तुष्टि जनाएको छ ।

१४औँ महाधिवेशन शुरु भइसकेको अवस्थामा देउवाले आचार संहिता विपरित विभागहरू गठन गरेको तथा क्रियाशील सदस्यता वितरणमा मनोमानी गरेको आरोप पौडेल–कोइरालाले लगाएको छ ।

नेविसंघ र तरुणमा पौडेल–कोइराला समूहले तत्काल नाम नपठाउने सहमति गरेको छ । आफैले निर्वाचन आचार संहिता विपरितका कार्य भएको भन्दै निवेदन दर्ता गराएपछि नेविसंघ र तरुण दलका साथै विभागहरू गठन गर्न नहुने निस्कर्ष निकालेको हो ।

Published : Wednesday, 2020 July 29, 10:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया