प्रतिनिधि सभाको सांसदमा कांग्रेस नेतृ ज्वारचनले सपथ लिइन्

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुवर्ण ज्वारचनले प्रतिनिधिसभा सदस्यको समानुपातिक सांसदको सपथ लिएकी छिन् ।

आइतबार संसद सचिवालय सिंहदरबारमा ज्वारचनले सांसद पदको सपथ लिएकी हुन् । उनलाई सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।

ज्वारचन गुल्मी जिल्ला निवासी हुन् । उनलाई कांग्रेसले समानुपातिक तर्फको बन्द सूचीमा नाम राखेको थियो ।

सांसद ज्ञानकुमारी छन्त्यालको असार १७ गते निधन भएपछि रिक्त रहेको ठाउँमा ज्वारचनलाई सांसद बनाउने कांग्रेसको निर्णय थियो ।

ज्वारचन लामो समयदेखि कांग्रेसमा क्रियाशील छन् ।

उनले वि.सं. २०३६ सालको जनमत संग्रह, सत्याग्रह र जनआन्दोलनमा सक्रियतापूर्वक भाग लिएकी थिइन् ।

ज्वारचन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका पालामा २०७३ मंसिर १५ गते सहरी विकास राज्यमन्त्री भएकी थिइन् ।

Published : Sunday, 2020 July 19, 4:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया