परराष्ट्रमन्त्री ज्ञवालीका कार्यकर्ताहरू कांग्रेसमा प्रवेश, गुल्मीमा खुसीयाली

तम्घास । गुल्मी जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेर दुई दर्जन युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शुक्रबार गुल्मीको इस्मा रजस्थलमा आयोजित कार्यक्रममा नेकपा परित्याग गरी २४ जना युवा कांग्रेस प्रवेश गरेका हुन् ।

कांग्रेस प्रवेश गर्नेमा सुरेश अर्याल, विनोद आचार्य, सुरज बिकसहित २४ जना रहेको गुल्मी कांग्रेसले जनाएको छ ।

गुल्मीबाट तत्कालीन एमालेबाट निर्वाचित प्रदीप ज्ञवाली परराष्ट्र मन्त्री छन् । गोकर्ण विष्टले श्रम मन्त्रालय चलाउन नसकेर किक आउट हुनु परेको थियो ।

कम्युनिस्टहरूले प्रदेश र प्रतिनिधि सभामा जितेको गुल्मीमा जनतालाई सेवा सुविधा दिनुभन्दा पनि आफू खुसीका हर्कत गरेपछि निरास बनेका युवाहरूले नेकपा छाडेर कांग्रेसमा प्रवेश गरेका हुन् ।

Published : Saturday, 2020 July 18, 2:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया