कीर्तिमानी सगरमाथा आरोहीहरू कांग्रेसमा प्रवेश, काठमाडौंमा भव्य स्वागत

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार आलोक प्रिय भइरहेका बेला काठमाडौंमा तीन दर्जन व्यक्तिहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

काठमाडौंको ठमेलमा शनिबार आयोजित कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले कीर्तिमानी हिमाल आरोही तथा पर्यटन व्यवसायीसहित ३१ जनाभन्दा धेरैलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।

नेकपासहितका विभिन्न दल परित्याग गरेर उनीहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, कांग्रेस नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणा, कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ लामा, पूर्वराज्यमन्त्री याङ्किला शेर्पा, लोकतान्त्रिक पर्वतारोही तथा पर्वतारोहण समुदायका नेता आङछिरिङ शेर्पालगायतको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2020 July 18, 1:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया