कम्युनिस्ट सरकारकी गरिवी मन्त्री अर्याललाई डेढ कराेडकाे गाडी, जनता काेराेना र पहिराेमा भाेकै

काठमाडौं । कोरोनाको महामारी र बाढीपहिरोबाट जनताले राहत तथा जीवनको रक्षाका लागि संघर्ष गरिरहेका बेला झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारकी एकजना मन्त्रीले महँगो गाडी किन्न लागेकी छिन् ।

खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारकी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले सरकारी ढुकुटी दुरुपयोग गरेर महँगो गाडी किन्न लागेकी हुन् ।

लकडाउनका बेला सबै जनता घरभित्र बसेका बेला मन्त्री अर्यालले गाडी किन्ने रकम रकमान्तरका लागि स्वीकृति लिन अर्थ मन्त्रालयमा पत्र पठाएकी थिइन् । गाडी किन्नकै लागि पाँच कराेडभन्दा धेरै रकम रकमान्तर भएकाे छ ।

तत्कालीन एमालेबाट स्याङजा जिल्लामा निर्वाचित अर्यालले नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिइन् ।

कोरोनाको महामारीका बेला जनताको जीवन रक्षा र बाढीपहिरोमा परेका जनताको उद्धार तथा राहतमा ध्यान दिनुपर्ने बेला मन्त्री अर्यालले डेढ करोडको गाडी किनेर आफ्नै मतदाताहरूको खिल्ली उडाकी छिन् ।

गरिव जनताको नाममा रहेको मन्त्रालयको मन्त्री रहेकी अर्यालले विलासी महँगो गाडी किन्न लागेको भनेर मन्त्रालयका कर्मचारीहरू नै रुष्ट बनेका छन् । महामारीका बेला महँगो गाडी नकिन्न मन्त्री अर्याललाई कर्मचारीहरूले सुझाव दिएका छन् ।

तर, मन्त्री अर्यालले महँगो गाडी चाहिनेभन्दै अडान राखेपछि भूमि व्यवस्था मन्त्रालयका कर्मचारीहरू डराएर बसेका छन् ।

मन्त्री अर्यालको डेढ करोडको महँगो गाडी किन्न अर्थमन्त्री डा.युवराज खतिवडाले समेत साथ दिएका छन् ।

मन्त्री अर्यालको गाडी मोहलाई अर्थमन्त्री डा.खतिवडाले साथ दिएपछि सिंहदरबारतिर खैलाबैला भएको छ ।

भूमि तथा भूउपयोग व्यवस्थापन कार्यको बजेट रकमान्तर गरी मन्त्रालयले मन्त्री अर्यालका लागि गाडी किन्न लागेको हो ।

मन्त्री अर्यालका लागि बिलासी महँगो गाडी किन्न पाँच करोड ३७ लाख रकमान्तर गर्न अर्थ मन्त्रालयले अनुमति दिएको छ ।

अर्थ मन्त्रालयको बजेट शाखाले सहमतिको चिठी वैशाख १७ गते तोक लगाएर भूमिसुधार मन्त्रालयको योजना तथा अनुगमन शाखामा पठाएको छ ।

अर्थ मन्त्रालयले मन्त्री र नापी विभाग अन्तर्गतका कार्यक्रमका लागि सवारीसाधन खरिद गर्न पाँच करोड ३७ लाख रुपियाँ रकमान्तर गर्न अर्थ मन्त्रालयमा सहमति माग्दै प्रस्ताव पठाएको थियो ।

अर्थ मन्त्रालयले मन्त्री अर्यालयको इच्छा पूरा गर्नका लागि प्रस्ताव गएको एक साता पनि नबित्दै वैशाख १५ गते गाडी खरिद गर्न सहमति दिएको छ ।

Published : Monday, 2020 July 13, 10:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया