कांग्रेससँग राजपा–समाजवादीका नेताहरूकाे भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीका नेताहरूले भेटवार्ता गरेका छन् ।

देउवालाई मंगलबार बुढानिलकण्ठस्थित निवासमा महन्थ ठाकुर र उपेन्द्र यादवले भेटवार्ता गरेका हुन् । भेटमा डा.बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राईको पनि सहभागिता रहेको थियो ।

उनीहरूका बीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कुटनैतिक मर्यादा विपरित नेकपाको विवाद मिलाउन नेताहरूलाई घरघरै भेट्न हिँडेका बेला विपक्षमा रहेका नेताहरूको बैठक बसेको छ ।

कांग्रेसको तर्फबाट छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र कृष्ण सिटौलाको सहभागिता थियो ।

कांग्रेस र राजपा तथा समाजवादी पार्टीका नेताहरूले हठात् संसद अधिवेशन अन्त्य गरेको भन्दै आपत्ति जनाएका छन् ।

Published : Tuesday, 2020 July 7, 9:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया