कांग्रेसको तरुण विभाग विस्तार, माओवादीले बुबा हत्या गरिदिएका दुई जना मनाेनीत

काठमाडौं । नेपाली कांग्रेसको तरुण विभागका संयोजक शंकर भण्डारीले आफ्नो कार्यसमितिलाई विस्तार गरेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री भण्डारीले विभागलाई बीस सदस्यीय बनाएका छन् । विधानअनुसार उनले ५१ जनाको कार्यसमिति बनाउन पाउँछन् ।

देशभरिका तरुणहरूलाई क्रियाशील बनाउनका लागि संयोजक भण्डारीले विभागलाई विस्तार गरेको बताए ।

‘कोरोना भाइरसको महामारी, सरकारको भ्रष्टाचार, कांग्रेसको संगठन विस्तार लगायतमा देशभरिका युवाहरूलाई क्रियाशील बनाउन विभाग विस्तार गरेको छु’, उनले भने, ‘युवा तरुणहरूलाई चलायमान गराउने छौँ ।’

विभिन्न जिल्ला, क्षेत्र, समुदायलगायतबाट संयोजक भण्डारीले १९ जना सदस्य मनोनीत गरेका हुन् । बाँकी सदस्य क्रमशः नियुक्त गरिने बताएका छन् ।

विभागको सदस्यमा मनोनीत हुनेमा चेतराज बजाल (बझाङ), खेमनसिंह रायमाझी (प्यूठान), पूर्ण गुरुङ (तनहुँ), मदन बुढाथोकी (झापा), खगेन्द्र देवान (इलाम), नन्द विष्ट (रुकुम) रहेका छन् ।

त्यसै गरी विभागको सदस्यमा मनोनीत हुनेमा रामपल्टन साह (धुनषा), शरेसप्रसाद यादव (सप्तरी), मदन मण्डल (बारा), मोहम्मद अतिउर रहमान (बारा), श्यामप्रसाद श्रेष्ठ (नवलपुर) रहेका छन् ।

अर्जुन शेरचन (बागलुङ), स्थिरबाबु परियार (लमजुङ), अमृत भट्टचन (नवलपुर), लोकेन्द्रध्वज खाँड (कपिलवस्तु), सरस्वती शाह (बर्दिया), प्रवल थापा (काठमाडौं), श्रीकुमारी घर्ती (रोल्पा) र पासाङ नुर्बु शेर्पा (सिन्धुपाल्चोक) सदस्यमा मनोनीत भएका छन् ।

विभागको सदस्यमा मनोनीत हुनेमा द्वन्द्वकालीमा माओवादीले परिवारका सदस्यको हत्या गरिदिएका दुई जना पनि रहेका छन् ।

रोल्पाकी श्रीकुमारी घर्तीका बुबा र रुकुमका नन्दबहादुर विष्टका बुबाको माओवादीले हत्या गरिदिएका थिए ।

संयोजक भण्डारीले तरुण विभागलाई समावेशी, समानुपातिक र सबैलाई समेट्ने गरेर नियुक्त गरेको र बाँकी रहेकालाई पनि समेटेर जाने बताएका छन् ।

Published : Tuesday, 2020 July 7, 10:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया