कम्युनिस्ट सरकारमा उथलपुथल भएकै बेला ठूलो संख्यामा सह–सचिवहरूको सरुवा (नाम)

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीको राजीनामा माग गरेर मुलुकमा राजनीतिक उथलपुथल भएका बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ सह–सचिवहरूको काज सरुवा गरेको छ ।

सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले केही सह–सचिवहरूको सरुवा र केही सह–सचिवहरूको काज सरुवा गरेका हुन् ।

कतिपयलाई कामकाज गर्नेगरी खटाएको छ । बरिष्ठ सह–सचिवहरूलाई प्रदेशअन्तर्गत खटाइएको छ ।

प्रदेशमा जुनियर सह–सचिवलाई मात्र खटाइएको गुनासोलाई ध्यान दिएर मन्त्रालयले वरिष्ठ सह–सचिवलाई खटाउन शुरु गरेको छ ।

केही दिनअघि बढुवा भएका २२ सह–सचिवलाई पनि मन्त्रालयले काज खटाएको छ ।

Published : Sunday, 2020 July 5, 7:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया