दाहाल–नेपाल समूहको गोप्य भेला, यस्तो रहनेछ ओलीको सम्भावित कदम

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०मा विवाद भइरहेका बेला अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीको विपक्षमा ३१ जना स्थायी समिति सदस्यहरू विपक्षमा देखिएका छन् ।

ओलीविरोधी समूहको ललितपुरमा बुधबार भएको भेलामा दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपालसहितका ३१ जना स्थायी समितिका सदस्यहरू भेला भएका हुन् । योगेश भट्टराई भेलामा नआए पनि भेलाको निर्णयमा आफ्नो समर्थन जनाएको स्रोतले जनाएको छ ।

भेलाले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद छाड्न दवाव दिएको छ ।

ओलीविरोधी भेलामा रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा र टोपबहादुर रायमाझी, धनश्याम भुसाल र योगेश भट्टराई पनि सहभागी थिए ।

ललितपुरको झम्सीखेलस्थित एक रेष्टुरेन्टमा भएको भेलामा सचिवलायका सदस्य समेत गरी ३० जना स्थायी समिति सदस्यहरू उपस्थिति रहेको स्रोतले जनाएको छ ।

झम्सिखेल भेलामा सहभागी स्थायी समितिका बहुमत सदस्य ओलीको नेतृत्वमा पार्टी र सरकार दुबै चल्न सक्दैन भन्ने सामूहिक निश्कर्षमा पुगेका छन् ।

नेकपाको ४४ सदस्यीय स्थायी समितिमा ओली अल्पमतमा छन् । ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पद जोगाउन हम्मे पर्ने देखिएको छ ।

भेलामा पूर्वमाओवादीका नेताहरू गृहमन्त्री रामबहादुर थापा, टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी भएका छन् । घनश्याम भुसाल पनि झम्सिखेल भेलामा सहभागी भएका छन् ।

स्रोतका अनुसार महासचिव विष्णु पौडेलले पनि ओलीलाई साथ छाड्ने दाबी गरिएको छ ।

झम्सीखेलको भेलामा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, युवराज ज्ञवाली, लीलामणि पोखरेल, रघुजी पन्त, देवेन्द्र पौडेल, मणि थापा, गणेश साह, चक्रपाणि खनाल सहभागी थिए ।

सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, मात्रिका यादव, मुकुन्द न्यौपाने, देव गुरुङ, वर्षमान पुन, भीम रावल, शक्ति बस्नेत, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, भीम आचार्य, वेदुराम भुसाल, हरिबोल गजुरेल, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, गिरिराजमणि पोखरेल र घनश्याम भुसाल पनि सहभागी भएको स्रोतले जनाएको छ ।

घेराबन्दीमा परेपछि ओलीले मुलुकमा संकटकाल लगाउने, संसद विघटन गर्ने वा संसदीय दलमा बहुमत जुटाउने लगायतका बिकल्पमा छलफल चलाएको स्रोतले जनाएको छ ।

संसदीय दलमा ओलीको बहुमतमा नरहेको दाबी गरिएको छ । संसदमा नेकपाका १७४ सांसद छन् ।

Published : Thursday, 2020 July 2, 6:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया