यी व्यक्तिले डिभोर्स दिएर पत्नीलाई बनाए विश्वकै धनी महिला

हङकङ । डिभोर्स अर्थात सम्बन्ध विच्छेदपछि चीनकी एक महिला रातारात अरबपति बनेकी छिन् ।

यो सम्बन्ध विच्छेदलाई एशियाको सबैभन्दा महँगो सम्बन्ध विच्छेद भनिएको छ ।

ती महिला चीनमा भ्याक्सीन बनाउने कम्पनीको अध्यक्षकी पत्नी हुन् । ती व्यक्तिको नाम विश्वका अरबपतिहरूको सूचीमा रहेको छ ।

चीनको भ्याक्सीन बनाउने कम्पनी शेंझेन कंगटाई बायोलोजिकल प्रोडक्ट्स कम्पनीका अध्यक्ष डयू वेइमिनले पत्नीसँग सम्बन्ध विच्छेद गरेका छन् ।

सम्बन्ध विच्छेदका क्रममा डयू वेइमिनले क्षतिपूर्ति स्वरुप पत्नी युआन लिपिंगलाई कम्पनीको स्थानीय रुपियाँ १६१.३ करोडको शेयर दिएका छन् ।

शेयर ट्रान्सफरपछि युआन लिपिंग विश्वकी धनी महिला बनेकी छिन् । गल्फ न्यूजको रिपोर्टअनुसार सोमवार शेयर बाजार बन्द हुँदासम्म शेयरको मूल्य ३.२ अर्ब डलर भएको छ ।

सम्बन्ध विच्छेदपछि पति डयूको कुल सम्पत्ति अब घटेर लगभग ३.१ अर्ब डलर भएको छ ।

Published : Friday, 2020 June 5, 8:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया