सरिता र अमृताद्वारा संसदमा हँगामा, भारतीय ‘जासुस’ भनेकोमा आपत्ति

काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद गंगा चौधरीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेपछि हँगामा भएको छ ।

संसदको शुक्रबार बसेको बैठकमा समाजवादीकी सांसद गिरीले नेकपाकी सांसद चौधरीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेकी थिइन् । उनले आफ्नो मागको सुनुवाई नभए ठूलो दुर्घटना हुने चेतावनी समेत दिएकी छिन् ।

त्यसपछि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)की सांसद अमृता अग्रहरीले पनि गिरीको समर्थनमा बोल्दै संसदको रेकर्डबाट नेकपाकी सांसद चौधरीको अभिव्यक्ति हटाउन माग गरेकी थिइन् । त्यति मात्रै होनइ अग्रहरीले नेकपाकी सांसद चौधरीले माफी माग्न माग गरेकी थिइन् ।

राजपाकी सांसद अग्रहीले संसदीय मर्यादा विपरित जथाभावी बोल्न थालेपछि नेकपाका सांसदहरू आ–आफ्नो स्थानमा उभिएर विरोध जनाएका थिए ।

त्यसपछि सभामुख अग्नि सापकोटाले राजपाकी सांसद अग्रहरीलाई संसदीय मर्यादाअनुसार बोल्न चेतावनी दिएका थिए ।

नेकपाकी सांसद चौधरीले नेपालको नयाँ नक्सामाथि शून्य समयमा बोल्दै भारतीय चेलीहरू नेपालको नक्सा जारी गर्दा भारतसँग सोधेर जारी गर्नुपर्ने भनाइप्रति आपत्ति जनाएकी थिइन् । उनले भारतीय जासुसी संस्था ‘रअ’का एजेन्टहरू घाइते हुने गरेको भनेर अभिव्यक्ति दिएकी थिइन् ।

नेकपाकी सांसद चौधरीको अभिव्यक्तिले समाजवादी पार्टीकी सांसद गिरीलाई चित्त बुझेको थिएन । सांसद गिरी आफ्ना अभिव्यक्तिहरूका कारण आलोचित हुँदै आएकी छिन् ।

Published : Friday, 2020 June 5, 12:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया