कांग्रेस नेता शाहीले आलोचना भएको भन्दै रिसाएर सरकारी गाडी फिर्ता गरे

वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता एवम् कर्णाली प्रदेश सभामा प्रमुख विपक्षी दलका नेता जीवनबहादुर शाहीले सरकारी सुविधाको गाडी फिर्ता गरेका छन् ।

शाहीले बिहीबार कर्णाली प्रदेशको सभालाई सम्बोधन गर्दै गाडी फिर्ता गरेका हुन् । उनले कर्णाली प्रदेशलाई गरिव प्रदेश भनिएकोमा असन्तुष्टि जनाए । उनले ब्याङ्ग्यात्मक रुपमा कर्णालीलाई गरिव भनेको र गाडी चढ्ने हैसियत नराख्ने भनिएकोमा असन्तुष्टि जनाए ।

उनले गरिव प्रदेशका नेता मन्त्री, सभामुखले गाडी चढ्ने हैसियत नराख्ने भन्दै असन्तुष्टि जनाएर गाडी फिर्ता गरेका हुन् ।

प्रदेश सभालाई सम्बोधन गर्दै कांग्रेस नेता शाहीले महँगो गाडी चढेको भनेर सभामुख राजबहादुर शाहीको आलोचना गरेर पत्रपत्रिकाले समाचार लेखेकोमा असन्तुष्टि जनाएका छन् ।

कांग्रेस नेता शाहीले गाडी चढ्दा कार्यविधि बनाएर मात्रै चढ्न सुझाव दिएका छन् ।

ब्याङ्गात्मक शैलीमा कांग्रेस नेता शाहीले कर्णाली प्रदेशका सबै महँगा गाडीहरू बेच्न प्रस्ताव गरेका छन् ।

कांग्रेस नेता शाहीले कर्णाली प्रदेशबाट सुविधामा स्कार्पियो गाडी पाएका छन् । त्यो गाडीको साँचो संसद सचिवालयलाई बुझाइएको उनका स्वकीय सचिव राजबहादुर रोकायाले बताए ।

‘हामी गरिब प्रदेश भन्ने, अनि महँगा–महँगा गाडी चढ्ने, यो राम्रो भएन’, उनले भने, ‘त्यसैले मैले कानूनद्वारा पाएको गाडी फिर्ता गर्ने निर्णय गरेको हुँ ।’

‘मन्त्रीहरूलाई गाडी नचढ्नुस् भनेर म भन्दिनँ, तर महँगा फोरह्वीलर स्कार्पियो चढ्ने हाम्रो हैसियत छैन’, कांग्रेस नेता शाहीले भने, ‘मन्त्री र सभामुखलाई मारुती ८ सयभन्दा माथिको गाडी नदिऔं । साथै सुबिधा दिनैपर्ने भए एक–एक वटा मोटरसाइकल दिने नियम बनाऔँ ।’

‘जनता भोकभोकै मरिरहेका छन्, बत्ती जोड्न नसकेर अँध्यारोमा बसिरहेका छन्’, शाहीले भने, ‘हामी भने एकातिर गरिब प्रदेश भन्ने, अर्कोतिर विलासी सुविधा लिइरहेका छौं, सभामुखलाई मेरो आग्रह छ । भोलिबाटै प्रदेशसभामा फ्यान जोडौं र अधिक बिजुली खर्च हुने एसीहरू झिकौं ।’

मन्त्री र मन्त्रालयका सोफामा समेत मापदण्ड निर्धारण गर्नुपर्ने उनले बताए । उनले कर्णाली प्रदेश समाचारमा भनिए जस्ताे कर्णाली प्रदेश गरिव नभएकाे बताए ।

Published : Friday, 2020 June 5, 11:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया