कम्युनिस्ट सरकारले कोरोना रोकथाम र राहतका नाममा १० अर्ब सिध्यायो

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि झण्डै १० अर्ब रुपियाँ खर्च गरेको छ ।

कोरोना नियन्त्रण, उपचार, क्वरेण्टीन निर्माण र राहत वितरणमा सरकारले नौ अर्ब ८७ करोड रुपियाँ खर्च गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा पालिकाले गरी नौ अर्ब ८७ करोड रुपियाँ खर्च गरेका छन् ।

कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब तीन करोड खर्च भएको छ ।

प्रदेशहरूबाट एक अर्ब आठ करोड र पालिकाहरुबाट दुई अर्ब ७६ करोड रुपियाँ खर्च भएको बिडारीले बताए ।

गाउँपालिका र नगरपालिकहरूले गरेको खर्चको पूर्ण विवरण नआएको सचिव बिडारीले बताएका छन् ।

बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको छ ।

Published : Wednesday, 2020 June 3, 8:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया