सुटुक्क बालुवाटार छिरे कांग्रेसका यी दुई केन्द्रीय सदस्य, ओलीसँग गोप्य वार्ता

काठमाडौं । नेपाली कांग्रेसका दुई जना युवा नेताहरूले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई भेटेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका डा.चन्द्र भण्डारी र एनपी साउदले बिहीबार ओलीलाई बालुवाटरमा सुटुक्क भेटेका हुन् । उनीहरूका बीच के–के विषयमा कुराकानी भएको हो केही बताइएको छैन ।

भारतले अतिक्रमण गरेको नेपाली भूमिको विषयलाई लिएर विवाद भइरहेका बेला कांग्रेसका नेताद्वय डा.भण्डारी र साउदले सुटुक्क ओलीलाई भेटेका छन् ।

लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नयाँ नक्सा कार्यान्वयनका लागि संविधान संशोधनका विषयमा चर्चा चलिरहेका बेला कांग्रेसका नेताहरूले प्रधानमन्त्री ओलीलाई भेटेको सम्बन्धमा कांग्रेसभित्र खैलाबैला भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्दै छ । बैठक बस्नुभन्दा अगाडि नै केन्द्रीय सदस्यद्वय डा.भण्डारी र साउदले ओलीलाई भट्नुको कारण खोजविन शुरु भएको छ ।

हुन त कांग्रेसका नेताद्वय डा.भण्डारी र साउदले ओलीसँग नेपालको समसामयिक राजनीति विषय, संविधान संशोधन, विदेशबाट आउने युवाहरूको ब्यवस्थापन, कोरोनाबाट जनतालाई बचाउने उपाए लगायत कुराकानी गरेको जनाइएको छ ।

डा.भण्डारीले बुटवलको सिद्धबाबाको विकल्प, एक अर्बभन्दा बढी खर्च भैसकेको सडक पटौति–खर्ज्याड, तम्घास–वामी–खर्वाङ्ग पाँच र चार नम्बर प्रदेश द्रुत सडक योजना आयोगले हटाएको सम्वन्धमा ओलीसँग छलफल गरेको जनाइएको छ ।

डा.भण्डारीले ओलीसँग प्रत्येक पालिकामा ७ जना डाक्टर र ३ जना ल्याव टेक्टिनिसियन राख्नु पर्ने र रुकुम पूर्वको कारुणिक घटनाको बारे निष्पक्ष छानविनको माग समेत गरेको जनाइएको छ ।

Published : Friday, 2020 May 29, 11:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया