नयाँ नक्सा कार्यान्वयनका लागि सरकारले संविधान संशोधन गर्ने

काठमाडौं । नयाँ नक्सा कार्यान्वयनक लागि सरकारले संविधान संशोधनको प्रस्ताव अगाडि बढाउने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले संविधान संशोधनको प्रस्ताव अगाडि बढाउने नर्णिय गरेको सरकारका प्रवक्ता एवं अर्थ, सूचना प्रविधि तथा प्रविधिमन्त्री डा.युवराज खतिवडाले बताएका छन् ।

सरकारले जारी गरेको नयाँ नक्सा कार्यान्वन गर्नका लागि संविधान संशोधन गर्ने निर्णय गरेको हो ।

मन्त्री डा.खतिवडाले भने, ‘निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरूप मिलाउन आवश्यक भएकाले यो संविधान संशोधन गर्ने लागिएको हो ।’

‘मूलतः यो अनुसूची ३ र निशान छापलाई संशोधन गर्न मात्रै परियोजनका लागि संघीय संसदमा पेस निर्णय मन्त्रिपरिषदले गरेको छ’, उनले भनेका छन् ।

लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर सरकारले नयाँ नक्सा पारिते गरेको थियो । यो भूमिलाई भारतले अतिक्रमण गरेर सेना राखेको छ ।

संविधानमा रहेकाे नेपालकाे नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी छैन । संविधानमा नयाँ नक्सा राख्नका लागि संविधान संशाेधन गर्नुपर्छ ।

नेपालले भारतको यो हर्कतको विरोध हुँदै आएको छ । नेपालले अतिक्रमित भूमिबाट भारतीय सेना हट्न भारतलाई दबाब दिँदै आएको छ ।

Published : Friday, 2020 May 22, 3:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया