कम्युनिस्ट र प्रहरीकाे अबरोध छिचोल्दै कांग्रेस नेता बस्नेतद्वारा स्वास्थ्य सामग्री वितरण

बाह्रबिसे । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारको अबरोधका बाबजुद नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लामा रहेका दुई स्वास्थ्य संस्थामा सोमबार मेडिकल सामग्रीहरू सहयोग गरेका छन् ।

लकडाउनका बेला उपचारमा सहयोग होस् भनेर कांग्रेस नेता बस्नेतले सिन्धुपाल्चोकका अधिकांश स्वास्थ्य संस्था तथा अस्पतालमा पीपीई, माक्स, सेनिटाइजर, ग्लोब्स, स्वास्थ्यकर्मीको एप्रोनसहितका स्वास्थ्य सामग्री वितरण गर्दै आएका छन् । सोही क्रममा उनले सोमबार पनि दुई वटा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।

स्वास्थ्य सामग्री वितरण गर्न जाने क्रममा प्रहरीले कांग्रेस नेता बस्नेतलाई बाटोमा रोक्न खोजेको थियो । बस्नेतले प्रहरीलाई छलेर स्वास्थ्य संस्थामा स्वास्वास्थ्य सामग्री निःशुल्क उपलब्ध गराएका छन् ।

कोरोना भाइरसका संक्रमित बिरामीको उपचारमा सहभागी हुँदा स्वास्थ्यकर्मीले प्रयोग गर्ने पीपीई वितरण गर्दै आएका नेता बस्नेतलाई सरकारी निकायले पटक–पटक अबरोध गर्न खोज्दै आएको छ ।

स्वास्थ्यकर्मीलाई सुरक्षित राख्नको लागि नेता बस्नेतले सो मेडिकल सामग्री सहयोग गर्दै आएको बताएका छन् ।

सरकारले स्वास्थ्य सामग्री तथा राहत बितरणमा एकद्वार नीति अपनाए पनि सिन्धुपाल्चोकमा अहिलेसम्म कुनै पनि स्वास्थ्य सामग्री आउन नसकेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा आवश्यक मेडिकल सामग्री सहयोग गर्दै आएपछि सत्तारूढ दलका नेताहरूको दवावमा आफूलाई प्रशासनले रोक्न खोजेको नेता बस्नेतले बताए ।

आफूलाई प्रहरीले पिछा गरे अबरोध गर्न खोजे पनि जनताको काम गर्दा कुनै अप्ठ्यारो नपर्ने उनले बताए । नेता बस्नेतले प्रहरीको पिछा र अबरोध छिचोल्दै स्वास्थ्य सामग्री वितरण गरेको बताएका छन् ।

‘मैले विभेदबिना प्रहरी प्रशासनदेखि स्वास्थ्यकर्मी, सञ्चारकर्मीहरूको लागि समेत सहयोग गर्दै आएको छु’, कांग्रेस नेता बस्नेतले भने, ‘सत्तारूढ दलका नेताहरूले सरकारको आडमा प्रहरी प्रशासनलाई दबाब दिएर मलाई स्वास्थ्य सामग्री वितरणमा रोक्न खोजेक छन् । यो विडम्बना हो ।’

स्थानीय प्रशासन र प्रहरीको अबरोधको कुनै प्रवाह नगरी सिन्धुपाल्चोकमा मेडिकल सामग्री सहयोग गर्दै नेता बस्नेतले बताएका छन् ।

जिल्लाभरि प्रहरीले सर्कुलर गरेर आफूलाई स्वास्थ्य संस्थामा जानबाट रोक्न खोजिएको उनले बताए ।

‘आज मात्रै ईलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षकसहितको टोलीले मलाई रोक्न खोजियो । त्यो सम्भव भएन’, उनले भने, ‘मेरो पिछा गर्दै प्रहरी आए पनि हामीले चोकटी स्वास्थ चौकीमा मेडिकल सामग्री सहयोग गरेका छौँ ।’

कांग्रेस नेता बस्नेत अन्य सहयोगीमार्फत चोकटी स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री पठाएको बताए ।

प्रहरीले गस्ती र पिछा गरेको भन्दै नेता बस्नेतले माङ्खा स्वास्थ्य चौकी र चोकटी स्वास्थ्य चौकीमा पुगेर सहयोग सामग्री हस्तान्तरण गरेका छन् । लकडाउनका बेला स्वास्थ्य सामग्री पाएपछि चिकित्सकहरू खुसी भएका छन् ।

Published : Monday, 2020 April 6, 8:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया